Logo

२०८३, मंसिर ५गते


images
images

स्वास्थ्य

देवदहमा ५३ जनाले गरे रक्तदान, ५० जनाको निशुल्क आँखा परिक्षण

देवदहमा ५३ जनाले गरे रक्तदान, ५० जनाको निशुल्क आँखा परिक्षण

images
  • देवदहमा ५३ जनाले गरे रक्तदान, ५० जनाको निशुल्क आँखा परिक्षण
    images

    देवदह । देवदहमा शुक्रवार सम्पन्न रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ । वडा नं ९ को आयोजना र रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको वडा अध्यक्ष मोहनबहादुर जिसीले जानकारी दिए । 

    images
    images
    images

    ‘चौथो बृहत् रक्तदान नामक उक्त कार्यक्रममा १६ जना नयाँ रक्तदाताले रक्तदान गरेको वडा अध्यक्ष जिसीले बताए । ‘हामीले यसअघि पनि ३ पटक वडा कार्यालयमै रक्तदान कार्यक्रम सम्पन्न गरेका थियौं । 

    images
    images
    images

    जिसीका अनुसार वडाले पहिलो पटक ५२ पिन्ट र दोस्रो पटकको कार्यक्रममा ६५ पिन्ट र तोस्रो कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको थियो । वडाले विभिन्न समयमा स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्नेगरेको बताउँदै जिसीले भने, ‘देवदह रक्तदाताहरुको हिसावले धनी नगर हो, यो पटक रक्तदान कार्यकै लागि स्थापना भएको नेपाल स्वयंसेवी रक्तदाता समाज देवदहसँगको सहकार्यमा भएको कार्यक्रम अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको छ ।’
     
    यसैविच रक्तदान कार्यक्रमकै अवसर पारेर बिहिवार वडा कार्यालयमा निशुल्क आँखा परिक्षण सेवा समेत उपलब्ध गराइएको छ । नेप स्पेक्स आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा भएको आँखा परिक्षणमा ५० जनाले सेवा लिएको वडा सचिव कमला टण्डनले जानकारी दिइन् । 

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।