Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

नवप्रभात महिला साकोसको १८औं स्थापना दिवसमा रक्तदान, ६१ पिन्ट रगत संकलन

नवप्रभात महिला साकोसको १८औं स्थापना दिवसमा रक्तदान, ६१ पिन्ट रगत संकलन

images
  • नवप्रभात महिला साकोसको १८औं स्थापना दिवसमा रक्तदान, ६१ पिन्ट रगत संकलन
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा भएको बृहत् रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ ।  नवप्रभात महिला बचत तथा ऋण सहकारी संस्थाको १८औं स्थापना दिवसको अवसरमा भएको बृहत् रक्तदान कार्यक्रममा १८ जना नयाँ रक्तदाता सहित ६१ जनाले रक्तदान गरेका हुन् । 

    images
    images
    images

    रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज देवदहको व्यवस्थापनमा कार्यक्रम भएको आयोजकले जनाएका छन् । कार्यक्रमको अवसरमा ‘नेप स्पेक्स’ आँखा उपचार केन्द्र खैरेनीको प्राविधिक सहयोग सहितको निशुल्क आँखा परीक्षण शिविरमा समेत गरिएको छ । जसमा ३७ जनाको आँखा परीक्षण गरिएको सहकारीका व्यवस्थापक अञ्जली ढकालले जानकारी दिइन् ।

    images
    images
    images

    संस्थाको १८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जेष्ठ शेयर सदस्य तेजकुमारी शाही, विद्यार्थी देवु भट्टराईसंगै बाल बचतकर्ता, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट शेयर सदस्य, नियमित बचत कर्ता, असल ऋणिलाई समेत सम्मान गरिएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारीले बचत र ऋणको मात्र काम नगरी शेयर सदस्य सदस्यहरुलाई उद्यमी बनाउने गरी कार्यक्रम अगाडी बढाउनु पर्नेमा जोड दिए । उनीहरुले शेयर सदस्यहरु उद्यमी बन्न सकेमात्र आर्थिक विकाससंगै आत्मनिर्भर बन्ने बताए । 

    images
    images
    images

    कार्यक्रमक वक्ताहरुले सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको भन्दै प्रशंसा गरेका थिए । नवप्रभात महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुल्सा मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघका सदस्य निर्मला अधिकारी, निरन्तर महिला साकोसका अध्यक्ष शर्मिला पन्थ, पानवारी बाख्रा पालन सहकारी संस्थाका शान्ता जैसी, नेपाल स्वयमसेवी रक्तदाता समाज देवदहका अध्यक्ष पवन पौडेल लगायतले आ-आफना भनाई राखेका थिए । 

    सहकारीका अध्यक्ष तुल्सा मरासिनीको अध्यक्षता, ऋण उपसमिति संयोजक देवुमाया लामिछानेको स्वागत र सचिव शान्ता मोक्तानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्तदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।