काठमाडौं । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङको सम्पत्ति एकै दिन ७ अर्ब ४० करोड डलर घटेको छ । कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै उनको कुल सम्पत्ति १५४ अर्ब ७० करोड डलरमा झरेको छ ।
फोर्ब्सका अनुसार सम्पत्तिमा गिरावट आएपछि विश्वका अर्बपतिको सूचीमा हुआङ आठौँ स्थानबाट दसौँ स्थानमा पुगेका छन् ।
यसैबीच, हुआङ र एनभिडियाविरुद्ध सेयरधनीहरूले मुद्दा दायर गरेका छन् । कम्पनीले हुआङको एक महिलासँगको कथित सम्बन्ध र त्यससँग जोडिएको राष्ट्रिय सुरक्षा जोखिमबारे सेयरधनीलाई जानकारी नदिएको आरोप लगाइएको छ । ती महिलामाथि चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आशंका गरिएको छ ।
विवादपछि एनभिडियाले स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । कम्पनीको सञ्चालक समितिले भने गोप्य व्यावसायिक सूचना वा राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी चुहिएको कुनै आधार नरहेको जनाएको छ ।
एनभिडियामा ३.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका हुआङको सम्पत्तिको ठूलो हिस्सा कम्पनीको सेयर मूल्यमा निर्भर छ । त्यसैले सेयर मूल्यमा आएको गिरावटले उनको व्यक्तिगत सम्पत्तिमा समेत ठूलो असर पारेको हो ।
उनको कथित चिनियाँ गुप्तचरसँगको सम्बन्धका बारेमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले समेत अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology