Logo

२०८३, आश्विन ९गते

हाम्रो बारेमा

हाम्रो बारेमा


पत्रकारिता समाजको ऐना र आवाजविहिनको आवाज मात्रै होईन । राज्यको चौंथो अंगको रूपमा यसको काम राज्यका अन्य तीन अंग र त्यस अन्तरगतका कार्यालयमा हुने वा गरिने काम/ कार्वाहीको निगरानी र खबरदारी गर्ने वा समाजमा हुने गतिबिधिहरूको बारेमा कलम चलाउने मात्रै पनि होईन । समाजलाई बैचारिक नेतृत्व प्रदान गर्ने र सकारात्मक सोंच सहितको अग्रगामी दृष्टिकोण निर्माण गर्न नागरिकलाई प्रेरित गर्ने काम पनि पत्रकारिताकै हो । आजको मात्रै होइन, भोलिको समाजलाई कस्तो बनाउने, कस्तो संस्कारलाई प्रोत्साहन गर्ने र कस्तो प्रबृत्तिलाई खबरदारी गर्ने भन्ने विषयमा स्पष्ट पत्रकार, पत्रकार मात्र होइन, समाजको शिक्षक हो । यसैगरी सबै संचारमाध्यम सकारात्मक सोंच र विचारका विद्यालय बन्नुपर्छ भन्ने मान्यतामा अडिग सेतोमसीले स्थापनाकालदेखि नै आफुलाई सोहि ट्रयाकमा हिडाउँने प्रयत्न गर्दै आएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सूचना तथा प्रसारण विभागमा दर्ता, प्रेस काउन्सिल नेपालमा सूचीकरण तथा विज्ञापन बोर्ड र लुम्बिनी प्रदेश र विभिन्न स्थानीय तहहरूमा समेत सूचिकृत भई संचालित सेतोमसी खोज र नवीनतम पत्रकारितामा विश्वास गर्ने जिम्मेवार र जवाफदेही डिजिटल पत्रिका हो ।

हामी कसैलाई पनि अनुचित लाभ वा हानी पुर्याउने नियत राखी, कसैमाथि भेदभाव वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पुर्याउने र सामाजिक सद्भावमा खलल पुर्याउने गरी समाचार प्रकाशन/प्रशारण गर्दैनौं । जस्तोसुकै परिस्थितिमा पनि पत्रकारीताको व्यावसायिक धर्म निभाउनु हाम्रो कर्तव्य हो र हुनेछ ।

समस्त पाठकजनका सुझाव, सल्लाह तथा प्रतिक्रियाहरु हाम्रा अमुल्य निधी हुन । तपाईंहरुको अपार मायाप्रती सदैव कृतज्ञ छौँ ।

Copyright © All right reserved to setomasi.com

सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।