Logo

२०८३, कार्तिक २४गते


images
images

राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो : ओली

राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो : ओली

images
  • राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गरेर नेपालको बदनाम गरियो : ओली
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाटजस्ता गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिगारेको बताएका छन् ।

    images
    images
    images

    तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्वका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले झुट, हिंसा र विध्वंसको प्रवृत्तिप्रति आपत्ति जनाएका थिए । यस्ता गतिविधिले नेपाली जातिको विश्वभर बदनाम भएको उनको भनाइ थियो ।

    images
    images
    images

    ओलीले सामाजिक सद्भाव कायम गर्दै देशमा शान्ति र सुव्यवस्था स्थापित गर्नुपर्नेमा जोड दिए। बुद्धको उपदेशअनुसार शान्तिको संस्कृतिलाई देशव्यापी बनाउनुपर्ने भन्दै उनले घृणा फैलाउनुको सट्टा सांस्कृतिक तथा शैक्षिक माध्यमबाट मानिसको सोच र व्यवहारमा सुधार ल्याउनुपर्ने बताए ।

    images
    images

    नेपाली जाति परिश्रमी र निर्माणशील रहेको उल्लेख गर्दै उनले मौलिक कला तथा संस्कृतिले मानिसको मनोभाव र आचरणलाई सकारात्मक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।