काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
स्थायी कमीटीको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय च्यासल पुगेकी भण्डारीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताको पद तथा गोपनियताको शपथ गराएका हुन् ।
असोज ५ देखि ८ सम्म ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले पूर्व राष्ट्रपति रहेकी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा नियुक्त गरेको थियो ।
भण्डारी अध्यक्षपछिको दोस्रो वरीयतामा राखिएको छ । उनलाई केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस्तै, भण्डारीले अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही र समयोचित निर्णय गर्न योगदान पुर्याउने जिम्मेवारीसमेत पाएकी छन् । अपानिमा भनिएको छ- 'वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने र केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने । ’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology