Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

सरकारको हस्तक्षेपका कारण एन्फा प्रतिबन्धमा पर्यो- ओली

सरकारको हस्तक्षेपका कारण एन्फा प्रतिबन्धमा पर्यो- ओली

images
  • सरकारको हस्तक्षेपका कारण एन्फा प्रतिबन्धमा पर्यो- ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेको आरोप लगाएका छन् ।

    images
    images
    images

    मंगलबार नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील देशहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको अवस्थामा नेपाली फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थासम्म पुग्नु दुःखद भएको बताउदै सरकारको हस्तक्षेपका कारण यस्तो अवस्था आएको बताए । 

    images
    images
    images

    ओलीले एन्फामा सरकारी हस्तक्षेप भएको दाबी गर्दै त्यसकै परिणामस्वरूप अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्था सिर्जना भएको आरोप लगाए । यस्तो अवस्थाको अन्त्य गरी खेलकुद संस्थाहरूलाई स्वतन्त्र र व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । सरकारले खेल क्षेत्रलाई सहयोग गर्नुको सट्टा हस्तक्षेप गरेको आरोप दोहोर्याउँदै ओलीले एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले खेलकुद क्षेत्रको वर्तमान अवस्था सुधार गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि औँल्याए ।

    images
    images
    images

    उनले खेलाडीलाई योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर दिनुपर्ने बताउँदै क्षमता अनुसारको खेलमा प्रोत्साहन गर्न सके मात्रै राम्रो नतिजा हासिल गर्न सकिने धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • # एन्फा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।