Logo

२०८३, आश्विन २६गते


images
images

हामीविरुद्ध घेराबन्दी जारी छ : ओली

हामीविरुद्ध घेराबन्दी जारी छ : ओली

images
  • हामीविरुद्ध घेराबन्दी जारी छ : ओली
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुविरुद्धको घेराबन्दी जारी रहेको बताएका छन् । 

    images
    images
    images

    पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुहरुविरुद्धको घेराबन्दी अहिले पनि नरोकिएको बताउदै पार्टी एक भएर यसको सामना गर्नुपर्ने बताएका थिए ।

    images
    images
    images

    ओलीले सम्बोधनमा समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको टिप्पणी गर्दै देश र जनताका लागि मात्र नभएर समाजमा न्याय, शान्ति र लोकतन्त्रका लागि समाजवाद आन्दोलन आवश्यक रहेको बताए ।

    images
    images
    images

    उनले आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन नभएको बताउदै संगठित शक्तिले प्रतिवादका माध्यमबाट गर्ने आन्दोलन आफुहरुले गर्ने भनेको स्पष्ट गरेका थिए ।

    ओलीले अहिले लोकतन्त्रलाई नै खतरा पुर्‍याउने काम भइरहेको आरोप लगाउदै त्यसको बचाउका लागि आफूहरूले आन्दोलनसम्म गर्न सक्ने धारणा राखे । उनले भने- 'हामीमाथि अहिले पनि घेराबन्दी चलिरहेको छ। ७७, ७८ र ८० सालमा हामीमाथि कम्तीको घेराबन्दी थिएन । हाम्रा नेताहरूलाई त्यसबेला तितरबितर पारियो। हामीले पार्टीलाई फेरि पुनर्गठन गर्‍यौं । अहिले त्यस्तै हाम्राविरुद्ध मोर्चाबन्दी भइरहेको छ ।' 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।