काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यका र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा २०६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा ४७ जना, काठमाडौँ उपत्यकामा २३ जना, सुदूरपश्चिममा २६ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा ४३ जना, कर्णालीमा ९ जना र गण्डकीमा १४ जना घाइते भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology