Logo

२०८३, कार्तिक २४गते


images
images

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

images
  • देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
    images

    काठमाडौं । गृह मन्त्रालयले तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा परम्परागत देउसी-भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

    images
    images
    images

    मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पत्राचार गर्दै नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो ।

    images
    images
    images

    मन्त्रालयले देउसी–भैलो कार्यक्रम स्वैच्छिक र मर्यादित ढङ्गले सञ्चालन गर्न, कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्न तथा जातजाति, धर्म, भाषा र समुदायबीच घृणा फैलाउने किसिमका नृत्य, गीत, सङ्गीत र नाराको प्रयोग नगर्न आग्रह गरेको छ ।

    images
    images

    त्यस्तै, चाडपर्व मनाउने क्रममा जुवातास नखेल्न, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन मन्त्रालयले अनुरोध गरेको छ । अत्यधिक ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न तथा अस्पताल र वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन पनि भनिएको छ ।

    मन्त्रालयले सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न र जथाभावी फोहोरमैला नगर्न पनि आग्रह गरेको छ ।

    देउसी–भैलो वा चाडपर्व मनाउने क्रममा शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या परेमा प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको ११४९ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

    home1794225908.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउसी–भैलो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।