देवदह । रुपन्देहीको देवदहमा सोमबार भएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ । बुटवल क्षेत्रमा केहिदिन यता रगतको अभाव भएका समाचारहरु आईरहँदा देवदहका ३ वटा क्लवहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
देवदहमा यसअघि पनि समयसमयमा रक्तदान कार्यक्रम भइनै रहेको र त्यसैको निरन्तरता स्वरुप कार्यक्रम आयोजना गरिएको संयोजक मोहनबहादुर जिसीले जानकारी दिए ।
‘यो पटक नयाँ बर्षको अवसरमा अधिकांस रक्तदाताहरु घुमफिरका लागि बाहिर रहेकाले आकस्मिक रुपमा कार्यक्रम आयोजना गरिएको हो ।’ संयोजक जिसीले भने, ‘नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष कृष्णबहादुर चौहान क्षेत्रीले रगतको अभाव भयो, देवदहले सहयोग गरिदिनुपर्यो भन्नुभयो, त्यसैले हामीले ३ वटा क्लवसँगको सहकार्यमा कार्यक्रम गरेका हौं ।’
संघार समूह देवदह, रोट्रयाक क्लव अफ तिलोत्तमा देवदह र डि युनिटी युथ क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा १२ जना नयाँ रक्तदाताले रक्तदान गरेको आयोजक संघार समूहका अध्यक्ष पुकार केसीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology