बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले क्लवका संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) को जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रशासन प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्य र नेपाल स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको विशेष आतिथ्यमा सनिबार भएको कार्यक्रममा ८० जना युवाहरूले रक्तदान गरेको संयोजक गोकुल भण्डारीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले युवाहरूले अस्पतालमै आएर रक्तदान गरेकोमा प्रसंशा गरे । उनले कार्यक्रम मार्फत संकलित रगत दुरुपयोग हुन नदिने र सर्वसाधारण बिरामीले सहज रुपमा पाउने प्रतिवद्वता व्यक्त गरे ।
रक्तदाता समाजका अध्यक्ष चौहानले सरकारको मापदण्ड बमोजिम ब्लड बैंकहरु संचालित नभएकाले आगामी दिनमा यसलाई परिमार्जित गरि अत्यन्तै न्यून शुल्कमा रगत उपलब्ध गराउनुपर्नेमा जोड दिए । बुटवललाई रक्तदाताहरुको हव बनाउने गरि आफ्नो नेतृत्वमा काम गरिरहेको भन्दै त्यसको आधार स्वरुप दिन प्रतिदिन नयाँ रक्तदाताहरु थपिदै गएको उल्लेख गरे ।
लियो जिल्ला परिषद् ३२५ पि अन्तर्गतको क्लव गोल्डेन जुब्लीले युवा नेतृत्व, समाज रुपान्तरण, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई लगायत क्षेत्रमा रहेर काम गर्दै आइरहेको छ । सनिबार आफ्नै जन्मदिनको अवसरमा रक्तदान आयोजना गरेकोमा संस्थापक अध्यक्ष भेषराज पोख्रेलले सहभागिहरु प्रति आभार प्रकट गरे ।
क्लबका पुर्व अध्यक्षहरु श्रीधर बस्याल, सुनिल कुँवर, जीवन थापा क्षेत्री, अशोक श्रेष्ठ लगायतको विशेष उपस्थितिमा भएको कार्यक्रम उपाध्यक्ष कविराज भुसालको स्वागत, द्वितीय उपाध्यक्ष खिम थापाको धन्यवाद ज्ञापन र सचिव कुशल पाण्डेको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology