देवदह । रुपन्देहीको देवदहमा साउन २ गते सनिबार वृहत् वृक्षरोपण कार्यक्रम हुनेभएको छ । लायन्स क्लव अफ देवदहको सचिवालय परिषरलाई गार्डेनिङ् गर्ने उद्धेश्यका साथ वृक्षरोपण गर्न लागिएको हो ।
लायन्स क्लव अफ देवदहसंगै अन्य ३ वटा लायन्स क्लवहरु, लायन्स क्लव अफ पाकरी वृक्ष, लायन्स.क्लव अफ देवदह प्रोफेसनल युथ र लायन्स क्लव अफ युनाइटेड को संयुक्त आयोजना र लियो क्लव अफ देवदह, लियो क्लव अफ भिजनरी युथ तथा लियो क्लव अफ देवदह पाकरी राइसिङ्गको सह आयोजनामा वृक्षरोपण कार्यक्रम गर्न लागिएको अध्यक्ष गणेश क्षेत्रीले जानकारी दिए ।
क्लवको कार्यालय परिषर तथा स्मृति वन बाटिका (प्रस्तरकता पार्क) देवदह ७ मा अशोका, आँप, सलिफा, कटहर, बेलाउती, चिउरी निम मोरिंगा लगाएत जातका ५ सय भन्दा बढि विरुवा रोपण गरिने प्रोफेसनल युथका अध्यक्ष तथा संयुक्त वृक्षरोपण कार्यक्रमका संयोजक नविन थापा मगरले जानकारी दिए ।
वृक्षरोपण कार्यक्रमका लागि आवश्यक विरुवा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति बुटवल र डिभिजन वन कार्यालय रुपन्देहीबाट ल्याईको संयोजक थापाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology