Logo

२०८३, श्रावण २७गते


images
images

समाज

‘हंगर रिलिफ’ कार्यक्रम अन्तर्गत देवदह लायन्सद्धारा खाद्य सामग्री वितरण

‘हंगर रिलिफ’ कार्यक्रम अन्तर्गत देवदह लायन्सद्धारा खाद्य सामग्री वितरण

images
  • ‘हंगर रिलिफ’ कार्यक्रम अन्तर्गत देवदह लायन्सद्धारा खाद्य सामग्री वितरण
    images
    images

    देवदह । लायन्स क्लव अफ देवदहले देवदह नगरपालिका वडा नं-५ कोलुवा स्थित एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय क्लवले सेवा अभियान  अन्तर्गत २७औं कार्यक्रमको रुपमा उक्त सहयोग गरेको हो ।

    images
    images
    images

    ‘स्थानीय रुपमा निकै विपन्न परिवार र त्यसमा पनि विरामी भएको हामीले थाह पायौं, लायन्सको वार्षिक क्यालेण्डरमा भोक राहत ‘हंगर रिलिफ’ सम्बन्धि कार्यक्रम पनि रहेकाले सहयोग गरेका हौं ।’ क्लवका अध्यक्ष श्रीजना ओलीले भनिन्, ‘आफ्नो नाममा घरजग्गा र कुनै सम्पत्ति नभएको परिवारलाई सहयोग गर्ने कुरालाई हामीले दायित्व सम्झेका छौं ।’ 

    images
    images
    images

    अध्यक्ष ओलीका अनुसार उक्त परिवारमा कमाउने मान्छे विरामी छन्, अनि एक छोरी किड्नी र छोरा रक्त क्यान्सरका विरामी छन् । सो परिवारलाई लायन्सले १२ हजार ५ सय ३० रुपैंया बराबरको खाद्य सामग्री वितरण गरेको कार्यक्रम संयोजक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । 

    images
    images
    images

    सोहि अवसरमा लायन्स मार्फत १० बर्ष भन्दा बढि सामाजिक सेवा कार्यमा खटिएको भनि कार्यक्रम संयोजक ज्ञवाली, लायन्सका पूर्व अध्यक्ष रामबहादुर गुरुङ र द्धितिय उपाध्यक्ष हिरालाल कँडेललाई लायन्स डिष्ट्रिक ३२५ पि का गभर्नर बालाराम भट्टराईले लायन्सको अन्तर्राष्ट्रि सम्मान पत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा लायन्सका जि एस टी  कोर्डिनेटर आशिष कृष्ण श्रेष्ठ, एरिया चिफ कृष्णप्रसाद पाण्डे, क्लवका पूर्व अध्यक्ष विनोद थापामगर लगाएतको उपस्थिति रहेको थियो । 


    निशुल्क आँखा परिक्षण :


    क्लवले सनिबार नै देवदह १० भलुही स्थित रोहिणी सामुदायिक वन उपभोक्ता समूहमा एक दिने आँखा परिक्षण शिविर कार्यक्रम गरेको छ ।
    बनको साधारणसभाको अवसर पारेर गरिएको शिविरमा १४७ जनाले आँखा परिक्षण गरेका छन् । जस मध्ये ८ जनालाई मोतियाबिन्दुको समस्या देखिएको कार्यक्रम संयोजक जसबहादुर पुनले जानकारी दिए । संयोजक पुनका अनुसार ति बिरामीलाई बुटवल लायन्स अस्पतालमा निशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइएको छ ।
    बुटवल लायन्स आँखा अस्पतालका प्राविधिक रञ्जित कडरीया नेतृत्वमा ३ जनाको प्राविधिक टोलिले आँखा परिक्षण गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।