देवदह । देवदहका ४ वटा लायन्स क्लव र ३ लियो क्लवको संयुक्त आयोजनामा लायन्स क्लव परिषर तथा स्मृति वन बाटिका (प्रस्तरकला पार्क) मा सनिबार वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ तथा लायन्स क्लब अफ देवदह युनाइटेडको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।
लियो क्लब अफ देवदह, लियो क्लब अफ भिजनरी युथ तथा लियो क्लब अफ देवदह पाकरी राइजिङको सह आयोजना रहेको कार्यक्रममा ले सह-आयोजनाको भूमिका निर्वाह गरेको कार्यक्रममा अशोका, आँप, सलिफा, कटहर, बेलाउती, चिउरी निम मोरिंगा लगाएत बिरुवाहरु रोपिएको छ ।
वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का पूर्व अध्यक्ष सुनिल ओझाले जलवायु परिवर्तनका चुनौती सामना गर्न हरेक नागरिकले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्ने बताए । वृक्षरोपणसँगै त्यसको संरक्षण पछिल्लो क्रममा कमजोर बन्दै गएको भन्दै उनले त्यसमा विशेष ध्यान दिन लायन तथा लियोहरुलाई आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लव अफ देवदहका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल, डिष्ट्रिक्ट चिफ विनोद थापा, डिष्ट्रिक्ट को चिफ विमल भुसाल, डिष्ट्रिक्ट को चिफ शोभाकुमारी थापा, एरिया–३ चिफ वैकुण्ठकुमार श्रेष्ठ तथा एरिया-३ को चिफ रविन्द्र कक्षपति, लायन्स क्लव अफ पाकरी बृक्षका अध्यक्ष विनिता श्रीस, लायन्स क्लव अफ देवदह प्रोफेनल युथका तर्फबाट कार्यक्रम संयोजक यमलाल शर्मा तथा लियो क्लव अफ देवदहका समिन गैरे, भिजनरी युथका सुमन गुरुङ्ग, पाकरी राइजिङका सन्ध्या क्षेत्री लगाएतको सहभागिता रहेको थियो ।
लायन्स क्लव अफ देवदह प्रोफेनल युथका अध्यक्ष नविन थापाको संयोजकत्वमा भएको कार्यक्रम लायन्स क्लब अफ देवदहका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता र शंकर सुबेदीको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा सहभागिहरुलाई प्रमुख अतिथि ओझाले सर्भिस पिन प्रदान गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology