Logo

२०८३, श्रावण २७गते


images
images

वृक्षरोपण

क्रान्तिकारीको 'एक विद्यार्थी, एक विरुवा' अभियान : बुटवलमा ६०० विरुवा रोपियो

क्रान्तिकारीको 'एक विद्यार्थी, एक विरुवा' अभियान : बुटवलमा ६०० विरुवा रोपियो

images
  • क्रान्तिकारीको 'एक विद्यार्थी, एक विरुवा' अभियान : बुटवलमा ६०० विरुवा रोपियो
    images
    images

    देवदह । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बुटवल उपमहानगरको ज्योतिनगरमा वृक्षरोपण गरेको छ । संगठनको 'एक विद्यार्थी, एक विरुवा' अभियान अनुसार संगठनको जिल्ला समितिले बुटवलमा वृक्षरोपण गरेको जिल्ला अध्यक्ष कपिल चापागाईंले जानकारी दिए ।

    images
    images
    images

    अत्यधिक पहिरोग्रस्त ठाउँ बुटवल उपहनागरपलिकाको वडा नं ३ मा अवस्थित ज्योतिनगरमा बाँस, खयर, चिलाउने, सल्ला लगायतका ६०० विरुवा रोपिएको संगठनले जनाएको छ ।

    images
    images
    images

    "ग्लोबल वार्मिङ्गलाई नियन्त्रण गर्ने र प्राकृतिक प्रकोपको जोखिम रोक्ने कार्यमा अबको नयाँ पुस्ताले अभियान संचालन गर्नुपर्छ भन्ने उद्धेश्यले 'एक विद्यार्थी, एक विरुवा' अभियान सुरू गरिएको हो" अध्यक्ष चापागाईंले भने, "रूपन्देहीमा त्यसको सुरुवात बुटवलको ज्योतिनगरमा वृक्षरोपण गरेर भएको छ । यसलाई जिल्ला भरि विस्तार गरेर ५० हजार विरुवा रोप्ने योजनामा छौं ।"

    images
    images
    images

    शनिबार आयोजित वृक्षरोपण कार्यक्रममा पार्टीका क्षेत्रीय सचिव विष्णु ढकाल, संगठनका केन्द्रिय सचिव माधव पाण्डेसहितका नेता, कार्यकर्ता र विद्यार्थीहरूको उपस्थिति रहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।