Logo

२०८३, श्रावण २७गते


images
images

क्लव गतिविधि

देवदहमा संयुक्त वृक्षरोपण, ‘रोटरी-रोटर्याक्ट पार्क’ निर्माण गर्ने घोषणा

देवदहमा संयुक्त वृक्षरोपण, ‘रोटरी-रोटर्याक्ट पार्क’ निर्माण गर्ने घोषणा

images
  • देवदहमा संयुक्त वृक्षरोपण, ‘रोटरी-रोटर्याक्ट पार्क’ निर्माण गर्ने घोषणा
    images
    images

    देवदह । रुपन्देहीको देवदहस्थित गौतम बुद्ध राष्ट्रिय उद्यान (काष्ठकला पार्क) मा शनिबार संयुक्त वृक्षरोपण तथा संरक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    वातावरण संरक्षण, हरियाली विस्तार तथा सामुदायिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदह, रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही तथा रोटर्याक्ट क्लब अफ तिलोत्तमा सुद्धोधनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । 

    images
    images
    images

    प्रत्येक सदस्यहरुले घरघरबाट स्वतस्फुर्त रुपमा व्यवस्थापन गरेका फूल काष्ठकला पार्कमा रोपिएको रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष कमल थापाले जानकारी दिए । रोटरी तथा रोटर्याक्ट क्लवका ६२ जना रोटरीयन तथा रोटर्याक्टर सदस्यहरूले घरघरबाट स्वव्यवस्थापन गरि विभिन्न जातका फूलका विरुवा संकलन गरेका थिए । यसरी संकलित फूल व्यवस्थापनमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै रोटर्याक्टर सन्देश रेग्मी र अमिसा सुवेदीलाई पुरस्कृत गरिएको छ । 

    images
    images
    images

    कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष देवीलाल भट्टराई, रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष श्रीधर केसी तथा रोटर्याक्ट क्लब अफ तिलोत्तमा सुद्धोधनका अध्यक्ष सुवोध डुम्रेले संयुक्त रूपमा अध्यक्षता गरेका थिए ।

    स्मृति सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना प्रमुख आतिथ्य र सुवोध डुम्रेले स्वागत मन्तव्य राखेको कार्यक्रममा रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहका पूर्व अध्यक्ष (आईपीपी) रोटर्याक्टर डा. विजय अंगाईँ, जिल्ला एडमिनिस्ट्रेटर तथा पूर्व अध्यक्ष सुनील गिरी, पूर्व अध्यक्षहरू माधव ढकाल, माधव आचार्य, गणेश सापकोटा, सन्दीप पौडेललगायतको सहभागिता रहेको थियो । 

    कार्यक्रमका क्रममा वृक्षारोपणसँगै रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ । साथै, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले उक्त क्षेत्रमा ‘रोटरी-रोटर्याक्ट पार्क’ निर्माण गरी संरक्षण तथा हरियाली प्रवद्र्धनलाई निरन्तरता दिने योजना रहेको जनाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।