Logo

२०८३, श्रावण २७गते


images
images

क्लव गतिविधि

लायन्स क्लव अफ देवदहको इलेक्टेड प्रेसिडेन्टमा गणेश क्षेत्री चयन

लायन्स क्लव अफ देवदहको इलेक्टेड प्रेसिडेन्टमा गणेश क्षेत्री चयन

images
  • लायन्स क्लव अफ देवदहको इलेक्टेड प्रेसिडेन्टमा गणेश क्षेत्री चयन
    images
    images

    देवदह । लायन्स क्लव अफ देवदहको इलेक्टेड प्रेसिडेन्टमा गणेश क्षेत्री चयन भएका छन् । सनिवार क्लवको सचिवालय देवदहमा बर्ष २०२६÷०२७ को लागि पदाधिकारी चयन गर्न बसेको बैठकले क्षेत्रीको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको हो ।

    images
    images
    images

    क्लवको प्रथम उपाध्यक्षमा हिरालाल कँडेल, द्धितिय उपाध्यक्षमा जसबहादुर पुन र तृतिय उपाध्यक्षमा पवन पौडेल चयन भएको क्लवका पूर्व अध्यक्ष विनोद थापाले जानकारी दिए । थापाका अनुसार क्लवका चयन भएका अन्य पदाधिकारी मध्ये सचिवमा शंकर सुवेदी, कोषाध्यक्षमा अञ्जना ओली, सह कोषाध्यक्षमा राजिव सापकोटा र सहसचिवमा कृष्णबहादुर थापा रहेका छन् ।

    images
    images
    images

    कार्यक्रममा बर्ष २०२६÷०२७ का लागि निर्वाचित पदाधिकारीलाई शुभकामना दिदै क्लवका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेलले देवदह क्षेत्रमा विगत १० बर्ष यता क्लवले सामाजिक क्षेत्रमा गरेका कामहरुको स्मरण गराए । उनले क्लवले गरेका काममहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    क्लवका पूर्व अध्यक्ष रामबहादुर गुरुङ्गले सहयोग र सहकार्यको लागि लायन लिडरहरु सँधै तत्पर हुनुपर्ने बताउँदै नयाँ नेतृत्वले आगामी बर्ष क्लवलाई थप सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गरे । 

    वर्ष २०२५÷०२६ का अध्यक्ष सिर्जना ओलीको अध्यक्षता र सचिव दिपेश अर्यालको सञ्चालनमा भएको बैठकले क्लवको युवा संगठन लियो क्लव अफ देवदहका पूर्व अध्यक्ष श्रद्धा कुँवर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

    WhatsApp Image 2026-04-18 at 13.12.02.jpeg

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।