देवदह । लायन्स क्लव अफ देवदह पाकरी वृक्षले विनिता श्रीसको अध्यक्षतामा नयाँ पदाधिकारी चयन गरेको छ । सोमवार सम्पन्न क्लवको बैठकले बर्ष २०२६÷०२७ का लागि श्रीसको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
पाकरी वृक्षले प्रथम उपाध्यक्षमा माया सापकोटा, द्वितीय उपाध्यक्षमा निशा गुरुङ, तृतीय उपाध्यक्षमा कस्तुरी श्रेष्ठ लाई निर्विरोध चयन गरेको छ । त्यस्तै क्लवको सचिवमा पूजा ढुंगाना र कोषाध्यक्षमा सुनीता पाण्डे चयन भएका छन् ।
सन् २०१८ मा स्थापना भएको क्लवले यस क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै महिलाहरुमा हुने पाठेघरको क्यान्सर रोकथामका लागि देवदहमा अभियानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology