Logo

२०८३, श्रावण २७गते


images
images

रक्तदान

विश्व रक्तदाता दिवस : रगत निःशुल्क कहिले हुन्छ ?

विश्व रक्तदाता दिवस : रगत निःशुल्क कहिले हुन्छ ?

images
  • सेतोमसी सहकर्मी
  • विश्व रक्तदाता दिवस : रगत निःशुल्क कहिले हुन्छ ?
    images
    images

    प्रत्येक वर्ष आज १४ जुनलाई विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सन १९०१ मा डा.कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाए । मानव शरीरमा ए, बि र ओ रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी पत्ता लगाएकोले सन १९३० मा उनीलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । डा.कार्ल लेण्डस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सन १९३१ मा संसारको पहिलो ब्लड बैंक स्पेनको वार्सिलोना शहरमा स्थापना भएको थियो । सन १९४० मा बाइनर र लेण्डिस्टेनरले रक्तसमूहअन्तरगत आर.एच.(पोजिटिभ र नेगेटिभ)पत्ता लगाए ।

    images
    images
    images

     सन १९६६ मा नेपालको पहिलो ब्लड बैंक लक्ष्मी ब्लड बैंक काठमाडौंमा स्थापना भयो । नेपालको पहिलो रक्तदाता वि.सं.२००० मा दयावीर सिंह कंसाकार हुन् । वि.सं.२०७१ मा रक्तसञ्चार नीति जारी भएको छ । यो नीतिसँगै रगत व्यवस्थापनमा एकल नेतृत्व रहेको नेपाल रेडक्रस सोसाइटीलगायत अन्य संस्थाले समेत निश्चित मापदण्ड पूरा गरी रगत वा रक्ततत्त्व व्यवस्थापन गर्न सक्छन् । रक्तदाताको महत्त्वपूर्ण भूमिकालाई सम्मान व्यक्त गर्दै विविध रचनात्मक कार्यक्रमहरु, रक्तदाता उत्त्प्रेरणा, अत्याधिक रक्तदान गर्ने रक्तदाता सम्मानलगायत विविध कार्यक्रम आजको दिन सम्पन्न गरिन्छ । सन २००४ बाट नियमित रुपमा विश्व रक्तदाता दिवस मनाउने क्रममा प्रत्येक वर्ष रक्तदाता सम्मानको लागि र नयाँ रक्तदाता निर्माण गर्नको लागि विश्व स्वास्थ संगठनले नारा निर्धारण गर्दछ ।

    images
    images
    images

    सन २००४ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा प्रथम विश्व रक्तदाता दिवस सम्पन्न गरिएको थियो । यस वर्ष २०२६ को नारा “One drop of humanity: Give blood.Save lives.”अर्थात मानवताकाे एक थाेपा: रगत दिउँ,जीवन बचाऔ । तय गरिएको छ । यस नाराको अर्थ रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔ, जीवन बचाउने अभियानमा सहभागी बनौं, भन्ने रहेको छ।

    images
    images
    images

    रगतको विकल्प रगत नै हो । दुर्घटना, गर्भवती, रक्तअल्पता, अन्य अप्रेसन गर्नुपर्ने बिरामीको लागि रगत तथा रक्ततत्त्व आवश्यक पर्दछ । रगतको अभावमा बिरामीको ज्यान बचाउन सकिंदैन । स्वयंसेवी रक्तदाताहरु स्वस्थ रक्तदाता मानिन्छ । प्रत्येक ३-३ महिनामा नियमित रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुको महत्त्वपूर्ण योगदानले गर्दा बिरामीहरुलाई स्वस्थ बनाउन सकिन्छ ।

    वास्तवमा भूकम्प, आगलागी, बाढी पहिरोलगायतका पीडादायी अवस्थामा स्वयंसेवी रक्तदाताहरुको भूमिका महत्वपूर्ण हुन्छ । स्वयंसेवी रक्तदाताहरुको नियमित रक्तदानको कारणले विषम परस्थितिमा समेत रगत अभाव हुँदैन ।

    हामी सबैलाई जानकारी भएकै कुरा हो कि रगत मानव जीवनमा नभै नहुने आवश्यक तत्व हो । रगतको आवश्यक्ता विभिन्न रोगहरुको उपचार गर्दा, शल्यक्रिया, दुर्घटना, प्रसुती, थालसेमिया, हेमोफोलिया, आगलागीका बिरामी, डेङ्गुलगायत अन्य बिरामीहरुलाई उपचारको क्रममा रगत आवश्यक पर्न सक्छ । कहिलेकाहीँ तुरुन्तै रगत वा रक्ततत्त्व उपलब्ध नगराएमा बिरामी बचाउन सकिंदैन । १८ वर्षदेखि ६५ वर्षसम्मका स्वस्थ महिला-पुरुष दुवैले नियमित रक्तदान गर्न सक्छन् । रक्तदान गर्नको लागि तौल ४५ के.जी.भन्दा धेरै हुनुपर्दछ । रक्तदान गर्न चाहने व्यक्तिको शरीरमा हेमोग्लोविनको मात्रा १२ ग्रामभन्दा धेरै हुनुपर्दछ ।

    ब्लड प्रेसर सामान्य हुनुपर्दछ । हाई वा लो दुबै अवस्थामा रक्तदान गर्न सकिंदैन । मुटु, फोक्सो, कलेजो राम्रो क्रियाशील हुनुपर्दछ । जन्डिस, मलेरिया,टाइफाइड, एड्स वा औषधिहरु सेवन वा अन्य कुनै बिरामीको डाक्टरसँग परामर्श लिएर मात्रै रक्तदान गर्न सकिन्छ । रक्तदान गर्दा ५ देखि ७ मिनेटसम्म मात्र लाग्छ । रक्तदान गरिसकेपछि ५ मिनेटसम्म बेडमा आराम गर्नुपर्दछ । त्यसपछि केही तरल पदार्थ खानु राम्रो हुन्छ । रक्तदान गरीसकेपछि आफ्नो नियमित काम गर्न सकिन्छ । स्वास्थको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेता पनि हालसम्म कृत्रिम रगत बनाउन सकेको छैन । यसको विकल्प भनेको स्वयंसेवी रक्तदाता नै हुन् ।

    अत्याधुनिक चिकित्सा पद्धतिको कारणले गर्दा देशका प्रमुख शहरहरुमा रक्ततत्त्वको माग दिनहुँ बढ्दै गैरहेको छ । जीवन र मृत्युको दोसाँधमा परेका बिरामीलाई रगतले जीवनदान गर्न सक्छ ।नियमित स्वयंसेवी रक्तदाता, रक्तसञ्चार केन्द्रको सार्थक श्रोत हो ।

     विश्व स्वास्थ्य संगठनले  शतप्रतिशत स्वयंसेवी रक्तदाता पु¥याउने लक्ष्य लिएता पनि नेपालमा सरोकारवाला संस्था नेपाल रेडक्रस  साेसाईटिले यस विषयलाई महत्व  नदिएकोले अझैँ पनि धेरै ठाउँमा रगत व्यवस्थापन गर्न सोधभर्ना गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय रक्तसञ्चार व्युरोले यस विषयमा ध्यान पुर्याउनु आवश्यक छ ।
     
    स्वयंसेवी रक्तदाता सबैभन्दा सुरक्षित रक्तदाता हुन् । त्यसकारण हामी सबै मिलेर स्वयंसेवी रक्तदाता बढाउनु अत्यावश्यक छ । विश्व स्वास्थ्य संगठनअनुसार यस वर्ष झण्डै एक सय बाह्र अरब रगत वा रक्ततत्त्व युनिट वितरण भएको छ । नेपालमा झण्डै ३.५ लाख युनिट रगत वा रक्ततत्त्व वितरण भएको छ । विगतको वर्षको तुलनामा यस वर्ष रगतको माग बढ्दो छ । स्वयंसेवी रक्तदाताहरुको नियमित रक्तदान गर्दै आएका हुँदा धेरै ठाउँमा रगतको सहज व्यवस्थापन भएको छ । तथापि काठमाडौं, चितवनजस्ता जिल्लामा बिरामीको चाप बढी हुने क्षेत्रमा रगत अभाव भैरहेको हुन्छ । यस्ता क्षेत्रमा रक्तदाताहरुलाई प्रोत्साहन गर्नुपर्दछ । रक्तदातालाई सम्मान गर्नुपर्दछ । विश्व रक्तदाता दिवस, रक्तसञ्चार दिवस, लगायत अन्य अवसरहरुमा सम्मान गर्नुपर्दछ ।

    रक्तदान अभियानमा हामी धेरै पछि छौं । रक्तदाता सम्मान उत्प्रेरणा कार्यक्रमहरु नियमित हुँदैन । स्वयंसेवी रक्तदाताहरुको रगत लागत शुल्कको बहानामा बिक्री गरीन्छ।सम्पुर्ण स्वयंसेवी रक्तदाताहरुको अभिमतलाई सम्मान गर्दै रगत निःशुल्क व्यवस्थापन गर्नुपर्दछ । रगत राख्ने थैलो,रोग परीक्षण शुल्क, स्टोरेज लागत, कर्मचारी एवम् प्रशासनिक खर्चको लागि आवश्यक रकम सरकारले व्यवस्थापन गर्नुपर्दछ । स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरु भएका छन् । क्यान्सरलगायत जटिल रोगहरुमा सरकारले दिने सहुलियतलगायत स्वास्थ्य बिमाले आम सर्वसाधारणलाई आकर्षण गरेको छ । अब रगत वा रक्ततत्त्वलाई पनि निःशुल्क बनाएर सम्पूर्ण स्वयंसेवी रक्तदाताहरुलाई वास्तविक सम्मान गर्नुपर्दछ।

    नेपालमा रगत निःशुल्क कहिलेबाट हुन्छ ?

    खासगरी पहिलो स्थानीय तहको निर्वाचनपछि केही स्थानीय सरकारले आफ्नो नागरिकको लागि निःशुल्क रगत तथा रक्ततत्त्व उपलब्ध गराउने निर्णय गरेता पनि सही व्यवस्थापन हुन सकेको छ । गण्डकी प्रदेश सरकारले प्रदेशभरी निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । बाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा प्रदेशमा सरकारले सरकारी अस्पतालमा र केहि स्थानीय सरकारले समेत निःशुल्क रगत व्यवस्थापन गर्दै आएका छन् । अन्य प्रदेशमा छिटपुट स्थानमा मात्रै रगत तथा रक्ततत्त्व नि:शुल्क भएकाे छ। । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रममा सबैलाई रगत तथा रक्ततत्त्व नि:शुल्क वितरण गर्ने नीति लिएएतापनि कार्यन्वयन भएकाे छैन।

    वि.सं.२०७९ मा  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रगत तथा रक्ततत्त्वको मूल्यवृद्धि गरेको छ । यसैलाई आधार मानेर धेरै ठाउँमा रगत तथा रक्ततत्त्वको मूल्यवृद्धि भएको छ । स्वयंसेवी रक्तदाताले निःशुल्क दान गरेको रगत तथा रक्ततत्त्वलाई मूल्यमा बिक्री गरिनुहुँदैन । एकातिर प्रदेश सरकारले निःशुल्क रगत भन्दै घोषणा गर्ने, अर्काेतिर रगतको मूल्यवृद्धिको घोषणा गर्ने यो दोहोरो कुरा किन भैराखेको छ । रगतको मूल्यवृद्धि, रगतको व्यवस्थापनमा कहिंकतै रक्तदाताहरुको सहभागिता नगराउनुलाई हामी स्वयंसेवी रक्तदाताहरुको गम्भीर ध्यानाकर्षण भएको छ । मनोमानी तरीकाले रगतको मूल्यवृद्धि हामी स्वयंसेवी रक्तदाताहरुलाई मान्य हुनेछैन । रगत निःशुल्क हुनैपर्छ । रगत बेच्न पाइदैन ।

    लेखक कृष्ण चौहान क्षेत्री स्वयंसेवी रक्तदाता हुन  ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्तदान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।