Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थ्य

देवदह ९ मा रक्तदानसंगै स्वास्थ्य परिक्षण

देवदह ९ मा रक्तदानसंगै स्वास्थ्य परिक्षण

images
  • देवदह ९ मा रक्तदानसंगै स्वास्थ्य परिक्षण
    images
    images

    देवदह । देवदहमा बिहिवार सम्पन्न रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको छ । वडा नं ९ को आयोजना र रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको वडा अध्यक्ष मोहनबहादुर जिसीले जानकारी दिए ।

    images
    images
    images

    ‘तेस्रो बृहत् रक्तदान कार्यक्रम’ नाम दिईएको उक्त कार्यक्रममा ७ जना नयाँ रक्तदाताले रक्तदान गरेको वडा अध्यक्ष जिसीले बताए । ‘हामीले यसअघि पनि २ पटक वडा कार्यालयमै रक्तदान कार्यक्रम सम्पन्न गरेका थियौं । जसमा पहिलो पटक ५२ पिन्ट र दोस्रो पटकको कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको थियो ।’ उनले भने, ‘देवदह रक्तदाताहरुको हिसावले धनी नगर हो, यहाँका हरेक नागरिकलाई रक्तदान गर्नुपर्छ भन्ने चेतना छ । त्यसैले हामीले पनि कार्यक्रम आयोजना गरेर सहकार्य गरिरहेका छौं ।’

    images
    images
    images

    रक्तदान कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले रगत अभावमा देवदहवासीले रक्तदान कार्यक्रम गरि सहयोग भाव देखाउने गरेको बताए । प्रमुख खरेलले भने, ‘हामीले यहाँका रक्तदाताको सक्रियता देखेर नै रक्त सञ्चार सेवा केन्द्रसंग सहमति गरेर देवदहको परिचयपत्र देखाएमा निशुल्क रगत पाउने व्यवस्था गरेका छौं । जुन रकम नगरपालिकाले एकमुष्ठ रुपमा रक्त सञ्चार सेवा केन्द्रलाई उपलव्ध गराउने गर्छ ।’  

    images
    images
    images
    swathya parikshan.jpg

    यसैविच रक्तदान कार्यक्रमकै अवसर पारेर बिहिवार वडा कार्यालयमा गर्भवती महिलाहरुको निशुल्क भिडियो एक्सरे तथा परामर्श र महिला पुरुष दुवैमा देखिने बाँझोपन सम्बन्धि परामर्श सेवा उपलब्ध गराइएको छ । जसमा २५ जनाले सेवा लिएको वडा सचिव कमला टण्डनले जानकारी दिइन् । 

    सो कार्यक्रममा ११ जना गर्भवती महिलाले भिडियो एक्सरे र परामर्श सेवा लिएको र १ जना पुरुष सहित १४ जनाले बाँझोपन सम्बन्धि परामर्श सेवा लिएको वडा सचिव टण्डनले बताइन् । स्वास्थ्य परिक्षणमा लुम्बिनी प्रादेशिक अस्पतालका गाईनोकोलोजीस्ट डा विष्णु गौतमको टिमले सहजिकरण गरेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्तदान
  • # देवदह-९
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।