देवदह । देवदहको भलुहीमा भएको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ । स्थानीय संघार समूह देवदह, शुभ विहानी जुम्बा कलास देवदह ९ र १० तथा लायन्स क्लव अफ देवदह भलुहीको संयक्त आयोजना रक्तदान गरिएको हो ।
‘गर्मी मौसममा अस्पतालमा विरामीको चाप बढ्ने र रगतको अभाव हुने समस्यालाई मध्यनजर गर्दै तीनवटा संस्थाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।’ संघार समूहका अध्यक्ष पुकार केसीले भने, बुटवल र तिलोत्तमासँगै देवदह पनि नियमित रक्तदानमा अग्रसर रहेकाले नियमित जस्तै यो कार्यक्रम हो ।’
आवश्यक परेको बेला सहज रुपमा रगत पाउनको लागि हरेक विरामी र विरामीको आफन्तको चाहना हुने गरेकाले रक्तदानलाई निरन्तरता दिन सकियो भने नियमित रक्तदाताको संख्या बढाउन सकिने आयोजकले जनाएका छन् ।
स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
बिहिबार सम्पन्न कार्यक्रममा ३० जना नयाँ रक्तदाताले रक्तदान गरेको कार्यक्रम संयोजक मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology