Logo

२०८३, श्रावण २७गते


images
images

सामाजिक कार्य

नारी दिवसमा रक्तदान : १५१ पिन्ट रगत संकलन

नारी दिवसमा रक्तदान : १५१ पिन्ट रगत संकलन

images
  • नारी दिवसमा रक्तदान : १५१ पिन्ट रगत संकलन
    images
    images

    बुटवल । ११६औं अन्तर्राष्ट्रिय नारी दिवसलाई बुटवलका संघसंथाले रगत संकलनको माध्यम बनाएका छन् । ‘रगत नपाए बुटवल जानु’ भन्ने अभियान चलाएको रक्त अभियन्ताहरुको संस्था स्वयमसेवी रक्तदाता समाज रुपन्देहीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा १५१ पिन्ट रगत संकलन भएको हो । 

    images
    images
    images

    रक्तदाताहरुको संस्था सहित अन्य २७ वटा संघ सस्थाको संयुक्त आयोजनामा बुटवल स्थित बाल मन्दिरमा आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको रक्त अभियन्ता तथा स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका सचिव अर्जुन पौडेलले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रम उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले महिलाहरुलाई समाज र सामाजिक कार्यमा अग्रसर बनाउनुपर्ने बताए । ‘अहिले पनि महिलाहरु घरयासी काममा सिमित हुनुहुन्छ, हामीले खुल्ला रुपमा उहाँहरुलाई सीपसंग जोडिन भनिरहेका छौं । ’ उनले भने, ‘सीमयुक्त महिला राजनीतिक, सामाजिक, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा अग्रसर भएमात्र समाज समुन्नत हुन सक्छ । ’ 

    images
    images
    images

    प्रमुख पाण्डेले बुटवल उपमहानगरले महिलाहरुलाई स्थापित गर्नेगरी कार्यक्रम विनियोजन गर्नेगरेको बताउँदै रक्त संकलनको लागि समेत सहकार्य गर्ने गरेको बताए । उनले मानव जीवन रक्षाको हेतुले गरिने रक्तदानका लागि बुटवल उत्कृष्ट गन्तब्य बनेको उल्लेख गर्दै    स्वयम्सेवी रक्तदाता समाज, बुटवलको गहना भएको भन्दै प्रशंसा गरे । 

    बुटवल उप महानगरपालिकाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा उपप्रमुख गोमादेवी आचार्य, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री टेकबहादुर थापा, लायन्स डिष्ट्रिक ३२५ पि का पुर्व अध्यक्ष पुरुसोत्तम भक्त प्रधानाङ्ग लगाएतले बोल्दै कार्यक्रम अत्यन्त प्रभावकारी र उपयोगी भएको बताए ।

    ४९औं पटक रक्तदान गर्ने स्वयम्सेवी रक्तदाता लक्ष्मी पन्थीलाई रक्त ब्याग हस्तान्तरणसंगै सुरुवात भएको कार्यक्रम समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षता, जानकी नेपालको संयोजन र बुटवल लेडी जेसीजका उपाध्यक्ष भगवती बेल्वासेको सञ्चालनमा भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्तदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।