Logo

२०८३, मंसिर ५गते


images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

images
  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
    images

    काठमाडौँ । बाराको सुवर्ण गाउँपालिका-६ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मझरियामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिएका थिए ।

    images
    images
    images

    नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकका रूपमा कार्यरत रही पद, ओहदा तथा विभिन्न सुविधा प्राप्त गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

    images
    images

    यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कैद र जरिवाना सजायको मागदाबीसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।