Logo

२०८३, कार्तिक २४गते


images
images

समाचार

डोल्पामा सडक ठेक्कामा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डोल्पामा सडक ठेक्कामा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
  • डोल्पामा सडक ठेक्कामा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    images

    काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जना र छल निर्माण सेवा प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

    images
    images
    images

    हरियापानी-पालुङ्ग-माझफाल हुँदै रुकुम जोड्ने सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा सबैभन्दा कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई अयोग्य ठहर गरी बढी रकम कबोल गर्ने छल निर्माण सेवालाई ठेक्का दिइएको आयोगको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

    images
    images
    images

    सबैभन्दा कम कबोल रकम र ठेक्का पाउने कम्पनीको रकमबीच ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा फरक रहेको छ। आयोगले यही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

    images
    images

    मुद्दा दायर भएकामा लालप्रसाद पोखरेल, इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर हरिचन्द्र बिष्ट, बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ तथा छल निर्माण सेवा प्रालि र त्यसका प्रोप्राइटर दिपचन्द्र रोकाया छन् । आयोगले बिगो असुलसँगै कैद र जरिवानाको मागदाबी गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • # मुद्दा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।