Logo

२०८३, कार्तिक १३गते


images
images

विद्यालयको पुस्तकालय अनुदान हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

विद्यालयको पुस्तकालय अनुदान हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

images
  • विद्यालयको पुस्तकालय अनुदान हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा
    images
    images

    काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका-२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विद्यालयको आर्थिक वर्ष २०७३/७४ को पुस्तकालय अनुदानबापत प्राप्त रकम तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धिरेन्द्रबहादुर सिंहले मिलेमतोमा गैरकानुनी रूपमा बाँडेर लिएको आरोप छ ।

    images
    images
    images

    उनीहरूले विद्यालयको १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरी सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याएको आयोगको दाबी छ । अनुदानको रकम सापटी लिएको देखाएर फिर्ता नगरेको उजुरीपछि गरिएको अनुसन्धानमा रकम हिनामिना भएको देखिएको आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगले आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबर जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरेको छ । आरोपितहरूविरुद्धको कसुर भने अदालतबाट ठहर हुन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।