Logo

२०८३, मंसिर ५गते


images
images

एनपीएल

क्यानको स्पष्टीकरण- एकैपटक २ लाखभन्दा बढीले टिकट किन्न खोज्दा फाइनलको टिकट सकियो

क्यानको स्पष्टीकरण- एकैपटक २ लाखभन्दा बढीले टिकट किन्न खोज्दा फाइनलको टिकट सकियो

images
  • क्यानको स्पष्टीकरण- एकैपटक २ लाखभन्दा बढीले टिकट किन्न खोज्दा फाइनलको टिकट सकियो
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सकिनुको कारण एकैपटक दुई लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न खोज्नु रहेको स्पष्टीकरण दिएको छ ।

    images
    images
    images

    विज्ञप्तिमार्फत क्यानले फाइनल खेलको टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेको जनाएको छ । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट संख्या सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ ।

    images
    images
    images

    तर शुक्रबार दिउसो १ बजेदेखि टिकट बिक्री खुल्ने बताए पनि सो समय अघिनै इसेवामा सोल्ड आउट देखाएपछि दर्शकले निराशा व्यक्त गरेका थिए । टिकट बिक्री खुल्नुअघि नै बिक्री माध्यममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् । धेरै दर्शकले टिकट खरिद गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

    images
    images

    क्यानले नेपाली क्रिकेटप्रति दर्शकले देखाएको अपार माया, साथ र उत्साहप्रति आभार व्यक्त गर्दै टिकट नपाएका समर्थकसँग क्षमासमेत मागेको छ । टिकट खरिद गर्न नसकेका समर्थकलाई क्यानले आधिकारिक अनलाइन माध्यम तथा सिद्धार्थ बैंकमार्फत एनपीएललाई सहयोग गर्न आग्रह गरेको छ ।

    तेस्रो संस्करणको एनपीएल फाइनलमा शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्यान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।