रेशम अधिकारी, देवदह । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले राजनीतिक माहोल तातेको छ । शनिबार मनोनयन दर्ता गरेर विद्यार्थी संगठनहरु चुनावी मैदानमा होमिएका छन् ।
रुपन्देहीस्थित देवदहको देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिकालागि तीन जनाले उम्मेदवारी दिएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियु संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट माधव भट्टराईले उम्मेदवारी दिएका छन्। उनी नेविसंघका उम्मेदवार हुन्। उक्त प्यानलबाट सचिवमा सविता अधिकारी, कोषाध्यक्षमा शिशिर भट्टराई (एकीकृत समाजवादी निकट अनेरास्ववियू), सदस्यहरूमा सुस्मिता न्यौपाने, रश्मि अधीकारी, दिनेश न्यौपाने, आरती पराजुली र रचना पोखेरल (एकीकृत समाजवादी निकट अनेरास्ववियु)ले उम्मेद्वारी दिएका छन्।
यस्तै एमाले निकट अनेरास्ववियु निर्वाचनमा एकल रूपमै होमिँदै छ। अनेरास्ववियुबाट अर्जुन गैरेले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन । उनको प्यानलको सचिवमा गौराब ज्ञवाली, कोषाध्यक्षमा सोबराज जैसी र सदस्यहरुमा रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरि चुनावी प्रतिस्पर्धामा भिड्ने छन्।
त्यसैगरी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट स्ववियु सभापतिकालागि धनी कुमारी पन्थीले उम्मेद्वारी दिएकी छन । उनको प्यानलमा सचिवमा रबिन न्यौपाने, कोषाध्यक्षमा दिपेश सापकोटा र सदस्यहरूमा सुनिता गैरे, लक्ष्मण भट्टराई, मोनिका सुनार रहेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology