Logo

२०८३, श्रावण ३०गते


images
images

पानबारी जग्गा काण्ड

पूर्वाग्रही ढङ्गले उठाइएका प्रश्न र आरोपमा सत्यता छैन : देवदह आदर्श क्याम्पस

पूर्वाग्रही ढङ्गले उठाइएका प्रश्न र आरोपमा सत्यता छैन : देवदह आदर्श क्याम्पस

images
  • पूर्वाग्रही ढङ्गले उठाइएका प्रश्न र आरोपमा सत्यता छैन : देवदह आदर्श क्याम्पस
    images
    images

    रूपन्देही । रूपन्देहीको देवदह नगरपालिकामा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पसले क्याम्पसका अध्यक्ष, क्याम्पस प्रमुख र संचालक समितिका केही सदस्य सहितका व्यक्तिहरूमाथि लागेको आरोपको खण्डन गरेको छ। बिहिबार एक वक्तव्य जारी गर्दै क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले पूर्वाग्रही ढङ्गले उठाइएका प्रश्न र आरोपमा सत्यता नभएको जनाएका हुन्। 

    images
    images
    images

    केही दिनअघि देवदहको पानबारीको उत्तरतर्फ बैकुण्ठ नगरको सार्वजनिक जग्गा तत्कालिन गाउँ विकास समितिबाट क्याम्पसले लिएर मनोमानी ढंगले व्यक्तिको नाममा नामसारी गरिएको भन्दै स्थानिय युवाहरू प्रेम थापा र छबि भट्टराइले पत्रकार सम्मेलन गरेर केही नामहरू सार्वजनिक गरेका थिए । त्यसरी संचार माध्यममा नाम सार्वजनिक गरेर व्यक्तिको चरित्रहत्या गरिएको उल्लेख गर्दै क्याम्पसले आपत्ति समेत जनाएको छ। व्यक्तव्यमा अग्रज राजनीतिक तथा सामाजिक व्यक्तिको चरित्रहत्या गरिएको भन्दै आपत्ति जनाईएको हो। 

    images
    images
    images

    साथै क्याम्पसले हालसम्म गरेको आम्दानी र खर्चको विवरण क्याम्पसको लेखा शाखामा सबैले हेर्न सक्ने गरि प्रष्ट र पारदर्शी ढंगले राखिएको र आजसम्म कुनैपनि अनियमितता नभएको वक्तव्यमा जनाईएको छ। 

    images
    images
    images

    प्रेस वक्तव्यको पूर्ण पाठ (जस्ताको तस्तै)

    रूपन्देही जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पस यस क्षेत्रकै सम्मानित शैक्षिक केन्द्रको रूपमा स्थापीत रहेको छ । यो क्याम्पस सामुदायको लगानी, सहभागिता र योगदानबाट निर्माण गरिएको देवदह क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस हो । देवदह क्षेत्रको शैक्षिक विकासमा यस संस्थाले पुयाएको योगदान आम देवदहबासीहरूलाई अवगत नै छ । क्याम्पस स्थापनामा समुदायको सहभागिता, जीम्मेवारी र सक्रियता अतुलनिय नै रहेको छ । देवदहबासी जनताहरूले आफ्नो गाँस काटेर क्याम्पस स्थापनामा पुयाउनु भएको योगदानलाई जिवन्त राख्न सुनौला अक्षरले कोरिएको छ । देवदहका शिक्षाप्रेमी, समाजसेवी एवम् राजनैतिक व्यक्तित्त्वहरूको पहलकदमीमा देवदहबासी जनताले आफ्नो काँध थापेर निर्माण भएको यस देवदह आदर्श बहुमुखी क्याम्पसले अधिकतम् दक्ष जनशक्तिहरू उत्पादन गर्न सफल भएको छ । देवदह ५ खैरेनीमा अवस्थित केरवानी माध्यमिक विद्यालयको गर्वगृहबाट स्थापना भएको यस क्याम्पसलाई आफ्नै भौतिक संरचना र भवनबाट सञ्चालन गर्ने सर्वपक्षिय एवम् सर्वदलिय निर्णय अनुसार मिति २०६६ साल मंसिर महिनामा 'महायज्ञ सञ्चालन समेत गरिएको थियो । उक्त महायज्ञ भव्यरूपमा सफलता सहित सु-सम्पन्न भएको थियो ।

    तत्कालिन समयमा राजनैतिक संयन्त्रका आधारमा स्थानीय तह सञ्चालन हुने अवस्था थियो । निर्वाचित जनप्रतिनीधिहरूको समयावधि सकिएको र अर्को निर्वाचन हुन नसकेको अवस्थामा दलिय संयन्त्रका आधारमा सबै खालका निर्णयहरू हुने गर्दथे । क्याम्पस सञ्चालनार्थ गरिएको महायज्ञमा तत्कालिन गा.वि.स. अन्तर्गत क्रियाशिल राजनैतिक दलहरूको सर्वसम्मतका आधारमा देवदह गा.वि.स. को तत्कालिन वडा न २ प्रजापति प्राथमकि विद्यालयको पूर्व कजरार खोला, पश्चिम प्रजापति प्राथमिक विद्यालय, उत्तर कजरार खोला तथा दक्षिणमा कुलो यति चारकिल्लाभित्रको जग्गा तथा तत्कालिन देवदह वडा नं. ५ मा रहेको पूर्व विद्युत अफिस पश्चिम सरनटाडी जाने बाटो, उत्तर घोडाहा खोला र दक्षिण राजमार्ग यति चारकिल्लाभित्रको जग्गा तत्कालिन गा.वि.स. को निर्णय बमोजिम क्याम्पसलाई प्राप्त भएको कुरा सर्वविदितै छ ।

    तत्कालिन समयमा क्याम्पसको भौतिक संरचना निर्माणको लागि दुवै स्थान पानवारी र सितलनगरमा भवन निर्माण कार्यलाई प्रारम्भ गरियो । सोही बमोजिम निर्माण कार्य अगाडी बढाइ रहंदा पानवारी उत्तर तर्फको जग्गा नदी नियन्त्रणका हिसाबले पनि जोखिम पूर्ण रहेकाले भवनको उत्तर तर्फको १-१०-० क्षेत्रफलको जग्गा कजरार नदी नियन्त्रण समितिलाई सर्वसहमतिका साथ हस्तान्तरण गर्ने निर्णय भएको सर्वविदितै छ । जग्गा संरक्षण र प्रयोगका लागि तत्कालिन कजरार नदी नियन्त्रण समितिसँग सम्झौता गरी उक्त समितिसँग शैक्षिक भवन निर्माणको लागि तोकिएको सर्त बमोजिम जग्गा हस्तान्तरण गरिएको र त्यसवापत सहायोग स्वरुप रू. ३६,००,०००/- (अक्षरेपी छत्तिस लाख रुपैयाँ) मात्र क्याम्पसले प्राप्त गर्यो ।

    देवदह क्षेत्रको सर्वाङ्गीण विकासमा शिक्षा क्षेत्रको अत्यन्तै ठुलो महत्त्व रहन्छ भन्ने यर्थाथतालाई आत्मसाथ गरी तत्कालिन समयमा राज्यको तल्लो तह स्थानीय निकायबाट भएको निर्णय शैक्षिक क्षेत्र विकासको ध्येय अनुरुप नै भएको थियो । हाल आएर समुदायकै साथ, सहयोग र पहल कदमीले यस देवदह आदर्श बहुमुखी क्याम्पस सुविधा सम्पन्न भवनबाट समुदायको माग अनुरुप उच्च स्तरीय शैक्षिक कार्यक्रमहरू सञ्चालनमा आएको हामी सबैले महशुस गर्न सक्दछौं । वर्तमान समयमा क्याम्पसको स्तरीकरण (QAA Certification) प्राप्त गरी सोही आधारमा थप सुविधाका साथ गुणस्तरिय शिक्षा प्रदान गर्ने कदममा क्याम्पस व्यस्थापन समिति अहोरात्र अगाडी बढिरहेको छ । 

    यसै सन्दर्भमा हाल क्याम्पससँग जोडिएर स्थानीय सञ्चार माध्यम र पत्रपत्रिकामा उठेका गुनासाहरू प्रति क्याम्पस परिवारको गम्भीर ध्यानाकर्षण भएको छ । क्याम्पस सञ्चालनमा योगदान दिनुभएका अग्रज राजनैतिक एवम् सामाजिक व्यक्तित्त्वहरूको चरित्र माथि प्रश्न उठ्ने गरी भएका गतिविधिहरू अत्यन्तै खेदजनक भएको हाम्रो निष्कर्ष छ । क्याम्पसले आयोजना गरेको महायज्ञ, त्यसबाट प्राप्त भएको आर्थिक तथा भौतिक सहयोग, जग्गा व्यवस्थापनबाट प्राप्त भएको रकम लगायत आम देवदहवासीहरूबाट प्राप्त भएको सम्पूर्ण आर्थिक तथा भौतिक सहयोगको समेत सम्पूर्ण हरहिसाब यसै क्याम्पसको लेखा समिति र लेखा परिक्षकको माध्यमबाट दुरुस्त राखिएको छ । यसका विवरणहरू जुनसुकै समयमा पनि क्याम्पसबाट प्राप्त गर्न सकिन्छ । सुशासनका लागि प्रश्न उठाउने, खबदारी गर्ने विकल्प हुँदाहुँदै पनि गलत मनसाय राखि क्याम्पससँग जोडेर गरिएको प्रचारवाजीले समाज विकासमा योगदान दिने सामाजिक अगुवाहरूलाई हतोत्साहित गर्ने भएकाले त्यस कार्यको भ्रत्सना समेत गर्दछौं ।

    पूर्वाग्रही ढङ्गले उठाइएका प्रश्न र आरोप सत्य नभएकाले त्यस प्रकारका भ्रमप्रति विश्वस्त नहुन समेत आम अभिभावक, सर्वसाधारण जनसमुदाय, सम्बन्धित सरोकारवाला निकायहरूमा जानकारी गराउदछौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।