Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह आदर्श क्याम्पसमा तालाबन्दी, क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामा माग

देवदह आदर्श क्याम्पसमा तालाबन्दी, क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामा माग

images
  • देवदह आदर्श क्याम्पसमा तालाबन्दी, क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामा माग
    images
    images

    देवदह । क्याम्पस प्रमुख र स्ववियू निर्वाचन अधिकृतको राजिनामा माग गर्दै  देवदह आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ।

    images
    images
    images

    शुक्रबार क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु 'निर्वाचन आचारसंहिता विपरित' टेन्ट र माइकको प्रयोग गरि क्याम्पस प्राङ्गणमा 'तडक-भडक शैली' मा कार्यक्रम गरेको र त्यसको विरुद्ध क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले कुनै निर्णय लिन नसकेको आरोप लगाउंदै क्याम्पसमा क्रियाशील नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन्। 

    images
    images
    images

    "चैत ५ गते हुन गैरहेको स्ववियू निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरिसकेको अवस्थामा फाल्गुन १९ गते क्याम्पस हाताभित्र अनेरास्ववियुले  तडक-भडक शैलीमा गरेको कार्यक्रमको घोर भत्सर्ना गर्दछौ।" जारि विज्ञप्तिमा उल्लेख छ। उक्त कार्यक्रमबारे क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई बारम्बार जानकारी गराउँदा पनि वास्ता नगरिएकोले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ। 

    images
    images
    images

    क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजिनामासंगै अनेरास्ववियुको दर्ता खारेजीको समेत माग गर्दै विज्ञप्तिमा सहज र सौहार्दपुर्ण वातावरणमा स्ववियू निर्वाचन सम्पन्न गर्न माग गरिएको छ। 

    विज्ञप्तिमा नेविसंघका ईकाइ सभापति देवीलाल ढकाल, अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष रविन न्यौपाने र अनेरास्ववियूका ईकाइ अध्यक्ष शिशिर भट्टराईले हस्ताक्षर गरेका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।