देवदह। रुपन्देहीको देवदह स्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा अराजक गतिविधि भएको ठहर गर्दै देवदहका तीन राजनीतिक दलले आपत्ति जनाएका छन्। नेपली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एक प्रेस बिज्ञप्ति जारि गर्दै विद्यालय क्षेत्रमा स्ववियु निर्वाचन संहिता विपरित भएको निर्वाचन लक्षित गतिविधिको विरोध जनाएका हुन्।
आसन्न स्ववियु निर्वाचनका लागि आचारसंहीता लागु भैसकेको अवस्थामा निर्वाचाननै प्रभावित हुने गरि विद्यार्थी संगठनहरूबीच भएको असहज परिस्थिति र उत्पन्न मुठभेटले चिन्तित तुल्याएको र यस प्रकारका गतिविधीले विद्यार्थीले निर्भिक र भय रहित बातावरणमा निर्वाचनमा सहभागी हुने तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने कुरामा आशंका पैदा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय र क्याम्पसद्वारा गठित निर्वाचन अधिकृत सहित सबै विद्यार्थी संगठनको सहमतिमा निर्माण गरिएको आचारसंहिता विपरित कुनै एक संगठनले क्याम्पसमा गतिविधी गर्नु र त्यसलाई रोक्न क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको टिम असमर्थ हुनुले कतै क्याम्पस प्रशासनकै आडमा क्याम्पसमा गुण्डागर्दीको शैलीमा गतिविधि त भएका छैनन् भन्ने आशंका उत्पन्न गराएको भन्दै त्यस्ता खालका उछ्रिङ्खल गतिबिधि रोक्न समेत माग गरिएको छ।
देवदहका हरेक नागरिकले आफुले खाई नखाई दुःखले छोराछोरीहरूले शान्तिपूर्ण बातावरणमा पढ़लान भनेर निर्माण गरिएको क्याम्पस आज अमुख पार्टी र त्यसनिकट समूहको उछ्रिङ्खल गतिविधी गर्ने थलोको रूपमा परिणत हुनुले देवदह आदर्श बहुमुखी क्याम्पस प्रशासन आफ्नो शैक्षिक र तटस्थ भूमिका निर्वाह गर्नबाट चुकेको महसुस गरिएको र यस्ता खालका कुनै पनि घटना नदोहोरियोस् भन्दै सौहार्दपूर्ण वातावरणमा तोकिएकै मितिमा निस्पक्ष ढंगले स्ववियु निर्वाचन सम्पन्न गर्न समेत माग गरिएको छ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ
देवदह आदर्श बहुमुखी क्याम्पसमा शुक्रबार बिहान विद्यार्थी संगठनहरूबीच भएको असहज परिस्थिति र उत्पन्न मुठभेटको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । विद्यार्थीहरूले आफ्नो प्रतिनिधी चयन गर्ने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको पूर्वार्धमा भएका यस प्रकारका गतिविधीले विद्यार्थीले निर्भिक र भय रहित बातावरणमा निर्वाचनमा सहभागी हुने तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने कुरामा आशंका पैदा गरेको छ ।
त्रिभुवन विश्वविद्यालय र क्याम्पसद्वारा गठित निर्वाचन अधिकृत सहित सबै विद्यार्थी संगठनको सहमतिमा निर्माण गरिएको आचारसंहिता विपरित कुनै एक संगठनले क्याम्पसमा गतिविधी गर्नु र त्यसलाई रोक्न क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको टिम असमर्थ हुनुले कतै क्याम्पस प्रशासनकै आडमा क्याम्पसमा गुण्डागर्दीको शैलीमा गतिविधि त भएका छैनन् भन्ने भयले हामीलाई पिरोलेको छ । देवदहका हरेक नागरिकले आफुले खाई नखाई दुःखले हाम्रा छोराछोरीहरूले शान्तिपूर्ण बातावरणमा पढ़लान भनेर निर्माण गरिएको क्याम्पस आज अमुख पार्टी र त्यसनिकट समूहको उछ्रिङ्खल गतिविधी गर्ने थलोको रूपमा परिणत हुनुले देवदह आदर्श बहुमुखी क्याम्पस प्रशासन आफ्नो शैक्षिक र तटस्थ भूमिका निर्वाह गर्नबाट चुकेको महसुस हामीले गरेका छौं।
गत स्थानीय निर्वाचन र आम निर्वाचनमासमेत त्यस क्याम्पसबाट त्यहि समूहले आचारसंहिता विपरितका सामग्री उत्पादन गरेर समाजिक संजालमा प्रशारण गरेको तथ्यलाई समेत दृष्टिगत गर्दै आज स्ववियू निर्वाचनको मुखमा क्याम्पसमा निर्माण भएको परिस्थिति नियाल्दा केहि मुट्ठीभर व्यक्ति र तिनको स्वार्थमा क्याम्पस प्रशासन चुर्लुम्मै डुबेको सहजै अनुमान गर्न सकिन्छ ।
आज भएको घटनामा क्याम्पस प्रशासनको कमि कमजोरी देखिएकोले यस्ता खालका कुनै पनि घटना नदोहोरियोस् भन्दै सौहार्दपूर्ण वातावरणमा तोकिएकै मितिमा निस्पक्ष ढंगले स्ववियु निर्वाचन सम्पन्न गर्न हामी जोडदार माग गर्दछौं ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology