Logo

२०८३, आश्विन २२गते


images
images

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको तजबिज हाबी भएको भन्दै नेपाल बारको आपत्ति

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको तजबिज हाबी भएको भन्दै नेपाल बारको आपत्ति

images
  • संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको तजबिज हाबी भएको भन्दै नेपाल बारको आपत्ति
    images
    images

    काठमाडौं । संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको व्यक्तिगत तजबिज हाबी भएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।

    images
    images
    images

    बारले संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्नुपर्ने र त्यसो गर्न वस्तुगत रूपमा सम्भव नभए गोलाप्रथा अपनाउनुपर्ने माग दोहोर्‍याएको छ ।

    images
    images
    images

    बुधबार संवैधानिक इजलास बस्न नसकी स्थगित भएपछि बारले इजलास गठनलाई व्यक्तिगत रोजाइको विषय बनाउन नहुने जनाएको हो । स्पष्ट र पूर्वनिर्धारित मापदण्डबिना न्यायाधीश छनोट गर्दा न्यायिक निष्पक्षता र न्यायपालिकाको संस्थागत विश्वसनीयतामा प्रश्न उठ्ने बारको भनाइ छ ।

    images
    images
    images

    बारले भनेको छ-  ‘संवैधानिक इजलास कसैको निजी रोजाइको सूची होइन, न त न्यायाधीश छनोट गर्ने व्यक्तिगत विशेषाधिकारको क्षेत्र हो ।कुनै स्पष्ट, वस्तुगत र पूर्वनिर्धारित मापदण्डबिना गरिने स्वेच्छिक छनोटले न्यायिक निष्पक्षतामाथि मात्र होइन, न्यायपालिकाको संस्थागत विश्वसनीयतामाथि नै गम्भीर प्रश्न खडा गर्दछ ।’

    बारले न्यायपालिका व्यक्तिको इच्छा वा तजबिजबाट नभई स्पष्ट नियम, निष्पक्ष पद्धति र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्ने जनाएको छ । साथै, आवश्यक परे न्यायिक स्वेच्छाचारिताविरुद्ध संस्थागत प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संवैधानिक इजलास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।