देवदह । रूपन्देहीको देवदहमा अवस्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । शुक्रबार क्याम्पसको स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थीले प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गरेका हुन् ।
क्याम्पसकाे स्नातक तह अन्तर्गत वि.एड. र वि.वि.एस. दुवै संकायमा अध्ययरत विद्यार्थीहरूकाे संयुक्त आयोजनामा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको क्याम्पस प्रमुख जयकिशन अधिकारीले जानकारी दिए ।
स्वागत कार्यक्रममा देवदह नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकाेटा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष वासुदेव रिमाल, पूर्व क्याम्पस प्रमुख मित्रलाल न्याैपाने, स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष अर्जुन गैरे लगायतको उपस्थिति रहेकाे थियाे ।
वि.सं. २०६५ सालमा स्थापना भएकाे क्याम्पसमा हाल स्नातक तह अन्तर्गत शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय सञ्चालनमा रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology