काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको हो ।
लुम्बिनीका लागि दिलिप नाथले सर्बाधिक अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली सेखले २४ रन बनाएका थिए । त्यस्तै डिआर्ची शर्टले २१ रनको योगदान दिएका थिए ।
त्यसैगरी सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलाइनले २ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology