Logo

२०८३, मंसिर ६गते


images
images

बर्दघाटमा पाँच दिने मेन्टर शिक्षक तालिम सुरु

बर्दघाटमा पाँच दिने मेन्टर शिक्षक तालिम सुरु

images
  • बर्दघाटमा पाँच दिने मेन्टर शिक्षक तालिम सुरु
    images

    बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा पाँच दिने मेन्टर शिक्षक तालिम सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र शिक्षकको पेशागत विकासका लागि तालिम सञ्चालन गरिएको समृद्ध समुदाय विकास केन्द्र, नेपालले जनाएको छ ।

    images
    images
    images

    बर्दघाट नगरपालिकाको समन्वय तथा स्कोलेलिभ इ नेपाल, डेनमार्कको साझेदारीमा राष्ट्रिय माध्यमिक विद्यालय, बर्दघाट–७ मा तालिम सुरु भएको हो । मंसिर ९ गतेसम्म चल्ने तालिमको शनिबार बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ उद्घाटन गरे ।

    images
    images

    तालिममा सहयोगात्मक शिक्षण विधि, बालकेन्द्रित सिकाइ, कक्षा अवलोकन, रचनात्मक पृष्ठपोषण र सहकर्मी सहयोगबारे सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइने आयोजकले जनाएको छ । ‘बर्दघाटमा गुणस्तरीय शिक्षा र सक्रिय नागरिकता’ परियोजनाअन्तर्गत सञ्चालित तालिमको पहिलो चरणमा प्राथमिक तहका शिक्षक सहभागी छन् ।

    images

    तालिमको प्रमुख प्रशिक्षक पूर्व सहसचिव गिरमान थापा छन् ।

    एससिडिसी नेपालका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम भुसाल, प्रधानाध्यापक शेषकान्त पौड्याल, आयोजक संस्थाका निर्देशक युवराज चापागाईं लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।