Logo

२०८३, मंसिर ६गते


images
images

रोमाञ्चक खेलमा टी-२० सिरिजमा इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको विजयी शुरुवात

रोमाञ्चक खेलमा टी-२० सिरिजमा इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको विजयी शुरुवात

images
  • रोमाञ्चक खेलमा टी-२० सिरिजमा इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको विजयी शुरुवात
    images

    काठमाडौँ । अस्ट्रेलियाले टी–२० सिरिजको पहिलो खेलमा इङ्ल्यान्डलाई ३ विकेटले पराजित गरेको छ । 

    images
    images
    images

    मेलबर्नमा शनिबार भएको खेलमा इङ्ल्यान्डले दिएको १८८ रनको लक्ष्य अस्ट्रेलियाले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

    images
    images

    पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८७ रन बनाएको थियो । कप्तान ह्यारी ब्रुकले २८ बलमा ६५ रन बनाए भने टम बान्टनले २२ बलमा ३९ रन जोडेका थिए ।

    images

    अस्ट्रेलियाको जितमा निखिल चौधरीले ३८ बलमा ६६ रनको महत्वपूर्ण योगदान दिए । कप्तान मिचेल मार्सले ३७ रन बनाउँदा ज्याक एडवर्ड्सले अविजित २५ रन जोड्दै टोलीलाई जित दिलाए ।

    बलिङतर्फ अस्ट्रेलियाका निखिल चौधरीले २१ रन दिएर २ विकेट तथा ज्याक एडवर्ड्सले २७ रन दिएर २ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका निखिल खेलको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

    यो जितसँगै पाँच खेलको टी–२० सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी–२० सिरिज
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।