Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह आदर्श क्याम्पसका सहायक प्राध्यापक विरूद्ध मुद्दा दायर

देवदह आदर्श क्याम्पसका सहायक प्राध्यापक विरूद्ध मुद्दा दायर

images
  • देवदह आदर्श क्याम्पसका सहायक प्राध्यापक विरूद्ध मुद्दा दायर
    images
    images

    देवदह । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा रूपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसका  तत्कालिन सहायक प्राध्यापक दुर्गादत्त शर्माविरुद्ध मुद्दा दायर गरेको छ। 

    images
    images
    images

    तत्कालिन अवस्थामा देवदह-५ स्थित केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक रहेका दुर्गादत्त शर्माले स्नातकोत्तर तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी   देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

     केरवानी माविको प्रधानाध्यापकको जिम्मेवारी समेत समालेर शर्मा हाल सेवा निवृत्त भएका छन् । अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

    images
    images
    images

    शर्माले नक्कली स्नातकोत्तर (एम.ए.) तहको शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्रहरु क्याम्पसमा पेश गरी सहायक प्राध्यापकको नियुक्ति लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको हुँदा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।