Logo

२०८३, श्रावण २७गते


images
images

आइपिएल सिजन-१४

कोलकाताले बैंगलोरलाई ९ विकेटले हरायो 

कोलकाताले बैंगलोरलाई ९ विकेटले हरायो 

images
  • कोलकाताले बैंगलोरलाई ९ विकेटले हरायो 
    images
    images

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराएको छ । 

    images
    images
    images

    शेख जायद स्टेडियममा सोमबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धातिर २० ओभरका सम्पूर्ण विकेट गुमाएर ९२ रन बनाएको थियो । बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले १० ओभरमा पूरा गरेको हो ।

    images
    images
    images

    कोलकाताका लागि सुभमन गिलले सर्वाधिक ४८ रन बनाए । त्यस्तै भेन्कटेस लेरले ४१ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि युजभेन्द्र चहालले १ विकेट लिए ।

    images
    images
    images

    बैंगलोरका लागि देबदत्त पाडिकलले सर्वाधिक २२ रन बनाए । त्यस्तै साकिर भर्टाले १६ रन बनाउँदा हर्सल पटेलले १२ रन जोडे । बलिङतर्फ कोलकाताका लागि बरुन चक्रवर्ती र आन्द्रे रशलले समान तीन–तीन विकेट लिए । त्यस्तै लकी फर्गुसनले २ विकेट लिँदा प्रसिद कृष्णाले एक विकेट लिए ।

    कोलकाताले अव बिहिबार मुम्बई इन्डियन्ससँग खेल्ने छ भने बेंगलोरले शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । यो जित संगै जारी आइपिएलको अंक तालिकामा कोलकाता पाँचौं स्थानमा उक्लिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।