Logo

२०८३, आश्विन २२गते


images
images

कृत्रिम बौद्धिकता

स्वच्छ ऊर्जामार्फत कृत्रिम बौद्धिकता पूर्वाधार विकासबारे वासिङ्टनस्थित दूतावासमा छलफल

स्वच्छ ऊर्जामार्फत कृत्रिम बौद्धिकता पूर्वाधार विकासबारे वासिङ्टनस्थित दूतावासमा छलफल

images
  • स्वच्छ ऊर्जामार्फत कृत्रिम बौद्धिकता पूर्वाधार विकासबारे वासिङ्टनस्थित दूतावासमा छलफल
    images
    images

    काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित नेपाली दूतावासले नेपालमा स्वच्छ ऊर्जाको प्रयोग गर्दै जिम्मेवार ढंगले कृत्रिम बौद्धिकता पूर्वाधार विकास गर्ने विषयमा प्रविधि क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ ।

    images
    images
    images

    दूतावासमा फायरबर्ड, एनभिडिया र सिलिकन पिक्सका प्रतिनिधिसँग भएको छलफलमा नेपालमा गुणस्तरीय वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउने तथा नेपालको नवीकरणीय ऊर्जाको उपयोग गरी नयाँ आर्थिक अवसर सिर्जना गर्ने विषयमा कुराकानी भएको थियो ।

    images
    images
    images

    छलफलमा नेपालको महत्वाकांक्षी जलवायु लक्ष्यलाई अघि बढाउँदै स्वच्छ ऊर्जामा आधारित कृत्रिम बौद्धिकता पूर्वाधार विकास गर्न सकिने सम्भावनाबारे समेत छलफल गरिएको दूतावासले जनाएको छ ।

    images
    images
    images

    प्रविधि क्षेत्रका साझेदारसँग निरन्तर सहकार्य गर्दै नेपालको दिगो विकास र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने अवसर खोज्ने दूतावासले जनाएको छ ।

    छलफलमा फायरबर्डका प्रमुख कार्यकारी अधिकृत रज्मिग होभाकामियन, कार्यवाहक राजदूत शरदराज अरन र सिलिकन पिक्सका प्रतिनिधि पुकार सी. हमाल सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृत्रिम बौद्धिकता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।