Logo

२०८३, मंसिर ९गते


images
images

केरवानी माविमा शैक्षिक सुधारका लागि त्रिपक्षीय प्रतिबद्धतामा हस्ताक्षर

केरवानी माविमा शैक्षिक सुधारका लागि त्रिपक्षीय प्रतिबद्धतामा हस्ताक्षर

images
  • केरवानी माविमा शैक्षिक सुधारका लागि त्रिपक्षीय प्रतिबद्धतामा हस्ताक्षर
    images

    देवदह । रुपन्देहीको देवदहस्थित केरवानी माध्यमिक विद्यालयमा शैक्षिक सुधारका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरूबीच त्रिपक्षीय प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ ।

    images
    images
    images

    बुधबार कक्षा ८ र १० का विद्यार्थीहरूको गुणस्तरीय शैक्षिक विकासका लागि आयोजित अभिभावक भेला तथा दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रममा आगामी परीक्षाको नतिजा सुधारका लागि हस्ताक्षर गरिएको हो ।

    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय र अभिभावकबीचको निरन्तर सहकार्य अपरिहार्य रहेको बताए ।

    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डेले अभिभावकहरूको माग र विद्यार्थीको सिकाइ सुधारका लागि विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरिने जानकारी दिए । उनले विद्यार्थीको शैक्षिक स्तरको नियमित मूल्याङ्कन गर्न प्रत्येक हप्ता साप्ताहिक परीक्षाको प्रभावकारी व्यवस्थापन गरिने बताए ।

    शिक्षक अभिभावक संघका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यालयको समग्र विकासका लागि सामूहिक प्रयास अझ बढाउनुपर्नेमा जोड दिए ।

    प्रधानाध्यापक निर्मल ढुङ्गानाले गुणस्तरीय शिक्षाका लागि घर र विद्यालयको वातावरण सन्तुलित र सहयोगी हुनुपर्ने बताए ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।