Logo

२०८३, श्रावण २७गते


images
images

'आइएसओ' प्रमाणीकरणको तयारीमा केरवानी मावि

'आइएसओ' प्रमाणीकरणको तयारीमा केरवानी मावि

images
  • 'आइएसओ' प्रमाणीकरणको तयारीमा केरवानी मावि
    images
    images

    देवदह । देवदहस्थित केरवानी माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली (आइएसओ) मा जाने तयारी थालेको छ । सोही तयारीअन्तर्गत विद्यालयमा बुधवार पहिलो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

    images
    images
    images

    कार्यक्रममा 'आइएसओ' का नेपाल प्रतिनिधि सुदिप शर्माले सहजीकरण गर्दै आएसओ प्रमाणीकरणको प्रक्रिया, आवश्यक मापदण्ड र शैक्षिक गुणस्तर सुधारमा यसको महत्वबारे जानकारी गराएका थिए । शर्माले 'आइएसओ' ५१ वटा सूचक र त्यसलाई पूरा गर्ने प्रक्रियाबारे सहभागीलाई प्रशिक्षित गरे । 

    images
    images
    images

    अभिमुखीकरण कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष गणेश डुम्रे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र पाण्डे, विद्यालयका प्राचार्य निर्मल ढुंगानासहित विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    विद्यालयले आइएसओ प्रमाणीकरणमार्फत शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने लक्ष्य राखेको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आइएसओ
  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।