Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

केरवानी माविमा निबन्ध लेखन प्रतियोगिता, ६२ विद्यार्थी सहभागी

केरवानी माविमा निबन्ध लेखन प्रतियोगिता, ६२ विद्यार्थी सहभागी

images
  • केरवानी माविमा निबन्ध लेखन प्रतियोगिता, ६२ विद्यार्थी सहभागी
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालय देवदह-५ मा निबन्ध लेखन प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । देवदह आदर्श बहुमुखी क्याम्पसका अभ्यास शिक्षणमा रहेका विद्यार्थीहरूको आयोजनामा कार्यक्रम भएको हो ।

    images
    images
    images

    विद्यार्थीमा सिर्जनशीलता, अभिव्यक्ति क्षमता र लेखन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जुनियर र सिनियर गरी ६२ जना विद्यार्थी सहभागी थिए ।

    images
    images
    images

    जुनियरतर्फ कक्षा ६, ७ र ८ का विद्यार्थीबीच ‘विद्यार्थी जीवनमा अनुशासनको महत्व’ शीर्षकमा प्रतियोगिता सञ्चालन गरिएको थियो। ३१ जना सहभागी रहेको प्रतियोगितामा कक्षा ७ ‘ए’ की शान्ता लम्साल प्रथम, कक्षा ८ ‘ए’ की निकिता पौडेल द्वितीय तथा कक्षा ७ ‘ए’ की श्रीषा न्यौपाने र कक्षा ८ ‘बी’ की सान्वी बि.क. संयुक्त रूपमा तृतीय भए । प्रतियोगितामा कक्षा ८ ‘ए’ का निकृत पाण्डे र कक्षा ७ ‘बी’ की समीक्षा खौसियाले सान्त्वना स्थान हासिल गरे । 

    images
    images
    images

    त्यसैगरी, कक्षा ९ र १० का विद्यार्थीबीच ‘भ्रष्टाचार न्यूनीकरणमा नागरिकको भूमिका’ शीर्षकमा आयोजित सिनियरतर्फको प्रतियोगितामा पनि ३१ जना सहभागी थिए । प्रतियोगितामा कक्षा ९ ‘ए’ की आचल काफ्ले प्रथम, कक्षा १० ‘ए’ की ज्योति गौतम द्वितीय तथा कक्षा ९ ‘ए’ का विशाल क्षेत्री तृतीय भए । कक्षा १० ‘ए’ का विश्वास ज्ञवालीले सान्त्वना स्थान प्राप्त गरे ।

    कार्यक्रम अभ्यास शिक्षण समूहकी समूह नेता अश्मी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना, पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य रुद्रमान ढकाल, खेमानन्द ज्ञवाली, होमनाथ शर्मा लगायतको उपस्थिति थियो । 
    अभ्यास शिक्षक पुष्पा कुमारी नवलपुरीया थारुको स्वागत र निकिता सुवेदीको सञ्चालनमा कार्यक्रम भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।