देवदह । केरवानी मा.वि देवदह ५ को कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई वित्तीय साक्षारता र डिजीटल बैकिङ्ग सम्बन्धि सचेतना एव अभिमुखिकरण तालिम प्रदान गरिएको छ ।
अभिमुखिकरणमा ग्लोबल आईएमई बैक खैरेनीका शाखा प्रमुख अजय कुमार श्रेष्ठ र कर्जा बिभाग प्रमुख सुरज पंगेनीले बैंकको परिचय, वित्तीय शिक्षा, डिजीटल बैकिङ्ग र त्यसको प्रयोग तथा सुबिधा बारे जानकारी गराएका थिए ।
सो अवसरमा उनीहरुले डिजीटल बैकिङ्गका सकारात्मक पक्ष, यसको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रकाश पारेका थिए ।
विद्यालयको कक्षा १२ मा अध्ययनरत ९० जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा सहायक प्र.अ. खेमानन्द ज्ञवाली, कमल ज्ञवाली, शिक्षकहरु कृष्णप्रसाद ज्ञवाली, यज्ञप्रसाद न्यौपाने, भावना पराजुली दिपा रिजाल र बिवेक पाण्डे लगाएतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology