Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी माविले मनायो ७२ औं वार्षिकोत्सव

केरवानी माविले मनायो ७२ औं वार्षिकोत्सव

images
  • केरवानी माविले मनायो ७२ औं वार्षिकोत्सव
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयले ७२औं वार्षिकोत्सव मनाएको छ । बिहिवार एक कार्यक्रम बीच विद्यालय प्रांगणमा वार्षिकोत्सवको मूल समारोह सम्पन्न भएको जनाइएको छ ।

    images
    images
    images

    देवदह नगर प्रवक्ता गणेश डुम्रेको उपस्थितिमा सम्पन्न वार्षिकोत्सव समारोहमा छात्रवृत्ति वितरण, शैक्षिक पुरस्कार वितरण तथा खेलकुद र साहित्यिक पुरस्कार वितरण गरिएको विद्यालयका सह-प्रधानाध्यापक खेमानन्द ज्ञवालीले जानकारी दिए । कार्यक्रममा अक्षयकोषबाट प्राप्त हुने छात्रवृत्ति समेत विद्यार्थीलाई वितरण गरिएको जनाइएको छ । 
      
    कार्यक्रममा विद्यालयका अध्यक्ष विरेन्द्र पाण्डे तथा प्रधानाध्यापकको निर्मल ढुंगानाले समसामयिक र शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

    images
    images
    images

    कार्यक्रममा अभिभावक संघका अध्यक्ष गणेश तिमल्सिना, सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवाली, शिक्षक यज्ञ न्यौपाने लगायतले बोलेका थिए ।  

    images
    images
    images

    वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले भजनसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।