Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी माविका ३३ जना छात्रालाई आत्मरक्षा तालिम

केरवानी माविका ३३ जना छात्रालाई आत्मरक्षा तालिम

images
  • केरवानी माविका ३३ जना छात्रालाई आत्मरक्षा तालिम
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का छात्राहरुको लागि आत्मरक्षा सम्बन्धि ४५ दिने तालिम संचालन भएको छ । शुक्रवार एक कार्यक्रम बीच सामाजिक विकास डिभिजन कार्यालय भैरहवाका कार्यालय प्रमुख हरी बहादुर बिष्टले तालिमको समापन गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख बिष्टले तालिममा सिकेका कुराले जीवनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । 'विद्यार्थीहरु यो देशका सम्पत्ति हुन् । यी सम्पत्तिले आफुलाई अफ्ठेरोमा सुरक्षित गर्न सक्नुपर्छ भन्ने तालिमको उद्धेश्य हो' उनले भने । 

    images
    images
    images

    विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले माघ २८ गतेबाट सुरु गरेको तालिममा विद्यालयका ३३ जना छात्रा सहभागी भएको बताए । आफु र आफुजस्तै जो कोही पनि समस्यामा पर्दा तालिममा सिकेका कुराले छात्राहरुलाई सहयोग पुर्याउने उनको भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा डिभिजन कार्यालयका अधिकृत भागीरथ अधिकारी, प्रशिक्षकहरु गामध्वज मल्ल र कृष्ण प्रसाद ज्ञवाली, शैक्षिक अगुवा मित्रलाल न्यौपाने, माया भण्डारी, कृष्ण प्रसाद घिमिरे, प्रशिक्षार्थी विद्यार्थी निलम डङ्गाेरिया लगायतले बोलेका थिए । 

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता तथा सहप्रधानाध्यापक कमल प्रसाद ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तालिममा सहभागी छात्रालाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।  
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।