Logo

२०८३, श्रावण २७गते


images
images

आइपिएल सिजन- १४

आइपिएल अनिश्चितकालको लागि स्थगित, कारण कोरोना

आइपिएल अनिश्चितकालको लागि स्थगित, कारण कोरोना

images
  • सेतोमसी सहकर्मी
  • आइपिएल अनिश्चितकालको लागि स्थगित, कारण कोरोना
    images
    images

    २२ बैशाख एजेन्सी –  भारतमा जारी यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चितकालको लागि स्थगित भएको छ । खेलाडी, कोच र खेल मैदान कर्मचारीलाई एक पछि अर्को गरि कोरोना भाइरस देखिएपछि आइपिएल अनिश्चित कालको लागि स्थगित गरिएको बताइएको छ ।

    images
    images
    images

    सोमबार कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चेन्नई सुपर किंग्सका बलिङ प्रशिक्षक एल बालाजी सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सनराइजर्स हैदराबादका विकेटकिपर ऋद्धिमान शाह र दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि भारतीय क्रिकेट बोर्ड कन्ट्रोलको बैठकले जारी आइपिएल स्थगित गर्ने निर्णय लिएको हो ।

    images
    images
    images


    सोमबार रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सको खेल स्थगित भएको थियो । मंगलबार हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • # क्रीकेट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।