Logo

२०८३, श्रावण २७गते


images
images

रियान पराग बने आइपिएल टिम राजस्थान रोयल्सको कप्तान

रियान पराग बने आइपिएल टिम राजस्थान रोयल्सको कप्तान

images
  • रियान पराग बने आइपिएल टिम राजस्थान रोयल्सको कप्तान
    images
    images

    काठमाडौँ । आईपीएल टिम राजस्थान रोयल्सले टिमको नयाँ कप्तानका रूपमा २४ वर्षीय अलराउन्डर रियान परागलाई नियुक्त गरेको छ । यो निर्णय पूर्वकप्तान संजु सैमसन ट्रेड विन्डोमार्फत चेन्नई सुपर किंग्समा गएपछि लिइएको हो । सैमसनको बदलामा चेन्नईले रवींद्र जडेजा र सैम करनलाई राजस्थानमा पठाएको छ ।

    images
    images
    images

    परागले २०२५ सिजनमा सैमसन घाइते हुँदा ८ खेलमा टोलीको कप्तानी सम्हालेका थिए । तीमध्ये टोलीले २ खेल जिते पनि परागले ब्याटिङमा प्रभावशाली प्रदर्शन गर्दै ३८.५७ को औसतमा रन बनाएका थिए । विशेषगरी कोलकाता नाइट राइडर्सविरुद्ध ईडन गार्डन्समा बनाएको ९५ रन उनको करियरकै उत्कृष्ट इनिङ्स मानिएको छ ।

    images
    images
    images

    हेड कोच कुमार संगाकाराले विभिन्न खेलाडीको अन्तर्वार्ता लिएपछि परागलाई कप्तान बनाउने निर्णय गरेका हुन् । २०२५ मा राजस्थानले १४ मध्ये केवल ४ खेल जित्दै अंक तालिकामा तलबाट दोस्रो स्थानमा सिजन सकाएको थियो । साथै, पूर्व प्रशिक्षक राहुल द्रविड पनि टोलीबाट अलग भइसकेका छन् ।

    images
    images
    images

    अब संगाकारा-पराग जोडीमाथि राजस्थानलाई पुनः प्रतिस्पर्धात्मक बनाउने जिम्मेवारी रहनेछ । नयाँ सिजनमा जडेजा र करनको आगमनले टोलीको लोअर मिडिल अर्डर र बलिङ विभाग थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।