Logo

२०८३, श्रावण २७गते


images
images

आईपीएलको इतिहासमै सबैभन्दा महँगो खेलाडी बने प्याट कमिन्स

आईपीएलको इतिहासमै सबैभन्दा महँगो खेलाडी बने प्याट कमिन्स

images
  • आईपीएलको इतिहासमै सबैभन्दा महँगो खेलाडी बने प्याट कमिन्स
    images
    images

    काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन टोलीका प्रभावशाली खेलाडी प्याट कमिन्सले इतिहास रचेका छन् । उनी आईपीएलको इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री हुने खेलाडी बने ।

    images
    images
    images

    कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी इङ्ल्याण्डकै साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो ।

    images
    images
    images
     

    कमिन्सले उनकै कीर्तिमान तोडेका हुन् । कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

    images
    images
    images

    कमिन्सको कप्तानीमा अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि पनि जितिसकेको छ । उनले अस्ट्रेलियालाई एसेस शृङ्खला र टेस्ट च्याम्पियनसिपको उपाधि पनि जिताइसकेका छन् । कमिन्स टोलीका अलराउन्डर खेलाडी हुन् ।

    उनले हालसम्म अस्ट्रेलियाका लागि ५० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा ५५ विकेट लिएका छन् भने एक सय १६ रन पनि बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३० वर्षीय यी खेलाडीले चार सय ३८ विकेट लिनुका साथै एक हजार सात सय १७ रन पनि बनाएका छन् ।

    कमिन्सले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म आईपीएलको ४२ खेलमा तीन सय ७९ रन बनाएका छन् भने ४५ विकेट पनि लिएका छन् । उनले सन् २०२१ मा कोलकाताबाट आईपीएल खेलेका थिए । त्यतिबेला उनले केवल १४ बलमा अर्धशतक बनाएका थिए ।

    सन् २०२० मा भने कमिन्स १५ करोड ५० लाख भारतीय रुपैयाँमा बिक्री भएका थिए । यसपटक अक्सनमा उनको नाम सेट–२ मा परेको थियो । उनको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो । यसअघि उनले मुम्बई र दिल्लीबाट आईपीएल खेलिसकेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।