Logo

२०८३, श्रावण २७गते


images
images

आईपीएल

आईपीएल फाइनल अघि 'अप्रेशन सिन्दूर' थिममा विशेष कार्यक्रम हुने

आईपीएल फाइनल अघि 'अप्रेशन सिन्दूर' थिममा विशेष कार्यक्रम हुने

images
  • आईपीएल फाइनल अघि 'अप्रेशन सिन्दूर' थिममा विशेष कार्यक्रम हुने
    images
    images

    काठमाडौँ । भारतमा जारी आईपीएलको फाइनल खेल आज  अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलअघि समापन समारोह हुनेछ । जसको थिम ‘अपरेसन सिन्दूर’ राखिएको छ ।

    images
    images
    images

    हालै भारतले पहलगाम आक्रमणपछि चलाएको ‘अपरेसन सिन्दूर’ को थिममा आइपिएलको फाइनलअघि विशेष कार्यक्रम हुने भएको हो । यस कार्यक्रमका लागि भारतीय तीन सेनाका प्रमुखहरूलाई आमन्त्रित गरिएको उल्लेख छ । सम्पूर्ण रंगशाला तिरंगा बत्तीहरूले सजाइनेछ ।

    images
    images
    images

    भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव देवजीत सैकियाले भनेका छन्, ‘अपरेशन सिन्दूरको सफलता मनाउन हामीले सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश के। त्रिपाठी र वायुसेना प्रमुख एयर चिफ मार्शल अमर प्रीत सिंह लगायत अन्य सेवा प्रमुखहरू, अधिकारीहरू र सैनिकहरूलाई अहमदाबादमा आईपीएल फाइनल खेल हेर्न आमन्त्रित गरेका छौं ।’

    images
    images
    images

    समापन समारोहमा, प्रसिद्ध गायक शंकर महादेवनले आफ्ना छोराहरू सिद्धार्थ महादेवन र शिवम महादेवनसँग प्रस्तुति दिनेछन् । शंकरको प्रस्तुतिले अपरेसन सिन्दूरमा संलग्न बहादुर सैनिकहरूलाई सम्मान गर्नेछ र पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।

    आइपिएल जारी रहेकै समयमा भारत र पाकिस्तानबीच तनाव भएपछि मे ८ मा, धर्मशालामा पञ्जाब–दिल्ली खेल बीचमा रोकिएको थियो । त्यसको भोलिपल्टै, बीसीसीआईले आईपीएल एक हप्ताको लागि स्थगित गर्यो ।

    युद्धविरामको घोषणा पछि, बीसीसीआईले आईपीएलका बाँकी १६ खेलहरूको तालिका घोषणा ग‍र्दै मे १७ मा प्रतियोगिता पुनः सुरु गरेको थियो ।

    फाइनल खेललाई वर्षाले भने अवरोध गर्नसक्ने देखिएको छ । आज अहमदाबादमा ६२ प्रतिशत वर्षा हुने पूर्वानुमान गरिएको छ । आइतवार भएको पञ्जाब–मुम्बईबीच को क्वालिफायर–२ खेल पनि वर्षाका कारण दुई घण्टा ढिलो सुरु भएको थियो ।

    यस खेलका लागि अनलाइन प्लेटफर्ममा ८० हजार टिकट बिक्री भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अहमदाबाद रंगशालामा दर्शकको क्षमता १ लाख ३२ हजार छ । जसमा २५ हजार सिट आरक्षित राखिएको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।