Logo

२०८३, श्रावण २७गते


images
images

आईपीएल क्रिकेट

आईपीएलमा मंगलवार गुजरात र पञ्जाब भिड्दै

आईपीएलमा मंगलवार गुजरात र पञ्जाब भिड्दै

images
  • आईपीएलमा मंगलवार गुजरात र पञ्जाब भिड्दै
    images
    images

    काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलवार गुजरात टाइटन्स र पञ्जाब किङ्स भिड्दै छन् । आइपिएल को पाँचौं खेल बेलुकी पौने ८ बजेदेखि अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ । गुजरातको नेतृत्व शुभमन गिलले गर्नेछन् भने पञ्जाब श्रेयस अय्यरको कप्तानीमा मैदानमा उत्रदैछ । 

    images
    images
    images

    गुजरातले सन् २०२२ मा आईपीएल उपाधि जितेको छ भने अर्कोबर्ष समेत फाइनलमा पुगेको थियो । गत सिजन भने प्लेअफमा पुग्न नसकेको गुजरात घरेलु मैदानमा जितका साथ सिजनको सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।  श्रेयसले गत बर्षको आईपीएलमा कोलकाता नाइट राइडर्सको नेतृत्व गर्दै उपाधि दिलाएका थिए । अस्ट्रेलियन प्रशि

    images
    images
    images

    क्षक रिकी पोन्टिङको उपस्थितिमा राम्रो टिम तयार पारेको पञ्जाब पनि यस सिजनमा केहि नयँ गर्ने लक्ष्य सहित मैदान उत्रनेछ । 
    पञ्जाब सन् २००८ देखि नै आईपीएल खेल्न सुरु गरेको टिम हो । हालसम्म एकपटक मात्र फाइनलमा पुगेको पञ्जाव २ पटक मात्र प्लेअफ खेलेको छ ।

    images
    images
    images

    मंगलवारको खेलपछि पहिलो चरणमा सबै टोलीको पहिलो चरणको खेल पूरा हुनेछ । हालसम्म बेंगलुरु, चेन्नई, हैदराबाद र दिल्लीले जित निकाल्दा कोलकाता, मुम्बई, राजस्थान र लखनउ पराजित भएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।